पीसीआर विधिबाट हुने परीक्षणको दर घट्यो, २४ घण्टामा २ सय १० जनाको मात्रै कोरोना परीक्षण « Khabarhub

पीसीआर विधिबाट हुने परीक्षणको दर घट्यो, २४ घण्टामा २ सय १० जनाको मात्रै कोरोना परीक्षण


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पछिल्लो २४ घण्टामा २ सय १० जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट १३ हजार ८ सय ५० जनाको कोरोना परीक्षण भएको छ । यसअघि हिजो ( सोमबार) सम्म १३ हजार ६ सय ४० जनाको कोरोना परीक्षण भएको जनाएको थियो ।

यो तथ्यांकलाई हेर्दा सरकारले पछिल्लो २४ घण्टामा २ सय १० जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण गरेको देखिन्छ । ती मध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय पीसीआर विधिबाट हुने परीक्षणका लागि आवश्यक पर्ने किटको अभाव भएपछि केही ठाउँमा परीक्षण नै रोकिएको छ । जसका कारण परीक्षण दर कम हुन पुगेको छ ।

उनका अनुसार हाल नेपालमा ८२ जना कोरोना संक्रमित रहेका छन् । ती मध्ये ६१ जना पुरुष र २१ जना महिला छन् । प्रदेश १ मा ३१, प्रदेश २ मा १३, वागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा २४ र सुदुरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार ८२ जना कोरोना संक्रमित मध्ये रुपन्देहीमा १ जना, नेपालगञ्जमा २३ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा ९ जना र विराटनगरमा ३१ जना गरी ६५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । विभिन्न अस्पतालमा उपचारत ६५ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रवक्ता देवकोटाले बताए ।

पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजाको आधारमा स्वास्थ्य मन्त्रालयले उनीहरुमा संक्रमण भएको एकिन गरेको हो । प्रवक्ता देवकोटाका अनुसार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट हालसम्म ५२ हजार २ सय २७ वटा नमूना परीक्षण भएको छ । यस्तै गत २४ घण्टामा आरडीटी विधिबाट १ हजार ५ सय ८२ जनाको कोरोना परीक्षण गरेके प्रवक्ता देवकोटाले बताए । तर आरडीटी विधिबाट गरिएको परीक्षणको नतिजा भने प्रवक्ता देवकोटाले सार्वजनिक गरेका छैनन् ।

यस्तै देशभरका क्वारेन्टाइनमा २१ हजार ९९ जना रहेका छन् भने आइसोलेसनमा कोरोना संक्रमित र आशंका गरिएका व्यक्तिहरु १ सय २० जना रहेका छन् ।


नेपालमा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणको किट अभाव


विज्ञहरू भन्छन् : यति सुस्त पीसीआर परीक्षणले कोरोना रोकथाम हुँदैन

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ४ : ५३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग