लकडाउन उल्लंघन गर्ने १ हजार ५५३ जना नियन्त्रणमा | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गर्ने १ हजार ५५३ जना नियन्त्रणमा


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार ५५३ जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार ३ सय ९६ महिलासहित १५ सय ५३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । आज विहान ६ बजे देखि साँझ ५  बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।

यसैगरी ६ सय ११ वटा दुई पाङ्ग्रे र ७६ वटा चारपाङग्रे गरी ६ सय ८७ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठमाण्डौमा सबै भन्दा बढी १२ सय १९, ललितपुरमा ३ सय २० जना र भक्तपुरमा १४ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू गरेको लकडाउन जारी रहेको छ ।

लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ०४ बजे

जडीबुटी खेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण

कैलाली– वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटी खेती विस्तारका लागि

गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ

काठमाडौं– जेनजी अभियन्ता सुदन गुरुङले जेनजीको माग पूरा गर्ने जिम्मा

एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अब नेपाली च्यानलबाट पनि

गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

गुल्मी– आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा

एकैदिन तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज