लाइभ भिडियो हेर्न शुल्क लगाउने फेसबुकको तयारी « Khabarhub

लाइभ भिडियो हेर्न शुल्क लगाउने फेसबुकको तयारी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फेसबुकले लाइभ भिडियो हेर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्था गर्ने तयारी गरेको छ ।

कोरोना भाइरसको महामारीपछि जारी लकडाउनले समस्यामा परेका कलाकारहरुलाई सहयोग गर्ने उद्देश्यले केही साताभित्रै शुल्क लिने तयारी गरिएको हो ।

कलाकारहरुले फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिएवापत उनीहरुलाई शुल्क तिरिने छ ।

यसबाट सर्जक तथा साना व्यवसायीहरुलाई समेत लाभ प्राप्त हुने फेसबुकले जनाएको छ। लाइभ भिडियोमा शुल्कको व्यवस्था लागू गर्नका लागि फेसबुकले एक नयाँ फिचर थप गर्नेछ।

जसअनुसार फेसबुक लाइभ गर्ने फेसबुक प्रयोगकर्ताले लाइभमा आउनुअघि नै आफ्नो लाइभ भिडियो अरुलाई नि:शुल्क रुपमा देखाउने कि स:शुल्क बनाउने भन्ने विकल्प रोज्न सकिनेछ ।

आफ्नो लाइभ भिडियोलाई शुल्क तिरेर मात्र अन्यले हेर्न सक्ने विकल्प लाइभकर्ताले छनोट गरेमा भिडियो हेर्नका लागि दर्शकहरुले तिरेको शुल्कको निश्चित रकम लाइभकर्तालाई फेसबुकले प्रदान गर्नेछ।

फेसबुकको यो नयाँ फिचरमार्फत् प्रयोगकर्ताले आफ्नो लाइभ भिडियोबाट आफुले आर्थिक लाभ लिने नभइ कुनै कल्याणकारी कार्यका लागि कोष संकलन गर्न सक्नेछन् ।

यस्ता प्रयोगकर्ताले आफ्नो लाइभ स्ट्रिममा कल्याणकारी कार्यका लागि भन्ने खुलाएमा संकलित सबै रकम नै फेसबुकले गैरनाफामूलक संस्थाहरुको खातामा जम्मा गरिदिनेछ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ३६ बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित