अमेरिकामा कोरोना भाइरसले दैनिक मृत्यु हुनेको संख्या एक सातापछि पुनः बढ्यो « Khabarhub

अमेरिकामा कोरोना भाइरसले दैनिक मृत्यु हुनेको संख्या एक सातापछि पुनः बढ्यो


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा एक सातायता कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेकोमा मंगलबार पुनः बढेको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या क्रमिकरुपमा घट्दै गइरहेकोकोमा मंगलबार पुनः एकै दिन २ हजार ३०१ जनाको मृत्यु भएको छ ।

दैनिक औषतमा २ हजार जनासम्मको कोरोना भाइरसको संक्रमणले मृत्यु भइरहेकोमा अघिल्लो मंगलबारदेखि सोमबारसम्म घट्दो क्रममा देखिएको थियो ।

अमेरिकामा अघिल्लो मंगलबार (अप्रिल २८ मा) २ हजार ४७०, बुधबार (अप्रिल २९ मा) २ हजार ३९०, बिहिबार (अप्रिल ३० मा)  २ हजार २०१, शुक्रबार (मे १ मा) १ हजार ८९७ जनाको मृत्यु भएको थियो ।

यस्तै गत शनिबार ( मे २ मा) १ हजार ६९१, आइतबार (मे ३ मा)  १ हजार १५४ र सोमबार (मे ४) १ हजार ३६४ जनाको मृत्यु भएको थियो ।

तर मंगलबार पुनः मृतकको संख्या २ हजारभन्दा बढी देखिएपछि त्यहाँ कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तत्कालै घट्ने संकेतहरु देखिएका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै एक लाख जनाको मृत्यु हुन सक्ने आकलन गरिसकेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १० : ३७ बजे

एनपीएल विजेता टोलीलाई राष्ट्रपतिले दिए बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले

पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने

एजेन्सी– जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाको एक

सुरेश रजकको परिवार भेटेर सञ्चारमन्त्रीले भने- न्यायका लागि पहल गर्नेछु

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिद पत्रकार सुरेश