साउदीका रोजगारदाताले श्रमिकको ४० प्रतिशत तलव कटौती गर्ने, हजारौं नेपाली मर्कामा | Khabarhub Khabarhub

साउदीका रोजगारदाताले श्रमिकको ४० प्रतिशत तलव कटौती गर्ने, हजारौं नेपाली मर्कामा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संकटपछि साउदी अरवका रोजगारदाताहरुले श्रमिकको ४० प्रतिशत तलव कटौती गर्ने भएका छन् ।

साउदी अरब सरकारले निजी क्षेत्रका कम्पनीहरुलाई कामदारको तलब ४० प्रतिशतसम्म कटौती गर्न अनुमति दिएसँगै हजारौँ नेपाली मर्कामा पर्ने भएका छन् ।

साउदी अरबको प्रमुख पत्रिका अशराक अल अवसातका अनुसार आर्थिक संकट बढ्दै गए कामदार कटौतीको नीति पनि अवलम्बन गर्न सरकारले अनुमति दिएको छ ।

कोरोना भाइरसको महामारी जारी रहे तलव कटौती गरेको ६ महिनापछि कम्पनीहरुले कर्मचारीको सम्झौता रद्द गर्न पनि स्वीकृती दिइएको छ ।

तलब कटौतीको निर्णय लागू गरिएको ६ महिना पूरा भएको, कामदारले पाउने सबै बिदा सकिसकेको तथा कोरोनाभाइरसको महामारीका कारण आर्थिक संकटको सामना गरिरहेको प्रमाणित भएमा रोजगारदाता कम्पनीले कामदार कटौती गर्न सक्नेछन् ।

साउदी सरकारको उक्त अनुमतीसँगै त्यहाँ कार्यरत करिब ४ लाख नेपालीहरु मर्कामा पर्ने भएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : २२ बजे

तीज जोडी फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काभ्रे– काभ्रेमा तीज जोडी फोटो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको

कुमारी धनवृद्धि योजनाको शेयर मूल्य समायोजन

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी धनवृद्धि योजनाको शेयर

नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य

एशियन लाइफको हकप्रद शेयर बाँडफाँड, साढे ३ लाख कित्ता लिलामीमा जाने  

काठमाडौं– एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर भदौ ८

लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने

काठमाडौं – अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने पाउने