लकडाउन बेला ४९ मुद्दा दर्ता, ४२ जना अभियुक्त पक्राउ « Khabarhub

लकडाउन बेला ४९ मुद्दा दर्ता, ४२ जना अभियुक्त पक्राउ


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दघाट– कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण पश्चिम नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)जिल्लामा आपराधिक घटनामा कमी आएको छ । बन्दाबन्दीमा चोरी, डकैती, हत्या, जबर्जस्ती करणी जस्ता अपराधका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

‘लकडाउनका कारण मानिस घर बाहिर निस्कन नपाउनु, सीमा क्षेत्र पनि पूर्ण रुपमा बन्द हुनु र पं्रहरीको सक्रियता रहनु जस्ता कारणले विगतका तुलनामा अपराधका घटनामा कमी आएको छ’, उनले भने । प्रहरी गाउँका चोक, सडक तथा सार्वजनिक स्थानमा परिचालन भएर जाँच र सर्वसाधारणलाई अनावश्यक रुपमा हिँडडुल गर्न रोक लगाएकाले मानिस आपराधिक कार्यमा संलग्न हुन नपाएको उनको भनाइ छ ।

प्रहरीका अनुसार बन्दाबन्दी अवधिमा जिल्लामा ज्यान मार्ने उद्योग र फुटकर ज्यान एकएक तथा भवितव्य ज्यानमा तीन मात्र मुद्दा दर्ता भएका छन् । जबर्जस्ती करणीका दुई, सवारी ज्यान एक र सवारी दुर्घटनामा परी मृत्यु भवितव्य ज्यानमा दुई मुद्दा दर्ता भएका छन् ।

बन्दाबन्दीमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएकाले दुर्घटनामा कमी आएको तथा लागुऔषधको मुद्दा वृद्धि भएको पाइएको छ । बन्दाबन्दी अवधिमा मात्रै लागुऔषधका १० मुद्दा दर्ता भएको र त्यसमा संलग्न १९ लाई पक्राउ गरिएको प्रनाउ थापाले बताए ।

डीएसपी थापाले भने, ‘लागुऔषधको कारोबार मुख्य नाकाबाट नभई अन्य चोरीका नाकाबाट रातिको समयमा प्रहरीको आँखा छलेर हुने गरेको पाइन्छ, भारतका व्यापारीले सीमासम्मै लागुऔषध ल्याएर छाड्ने र प्रहरीलाई छलेर ओसारपसार गर्ने गरिएको छ ।’

जिल्लाको भारतसँग सीमा जोडिएको २८ किलोमिटर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी उल्लेख्य मात्रामा परिचालन गरिएको छ । सीमानाकामा चौबीसै घण्टा प्रहरी तैनाथ रहेकाले कुनै पनि व्यक्ति वा वस्तु आयात निर्यातमा रोक लगाइएको छ ।

गत चैत ११ देखि हालसम्म जिल्लामा ४९ मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । दर्ता भएकामध्ये १२ मुद्दा फछर्याेट भएको तथा ३७ अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ । ४९ मुद्दाका प्रतिवादी ४२ जनालाई प्रहरी पक्राउ गर्न सफल भएको छ । घटनामा ९ जना फरार छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : २४ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा