युट्युबमा कस्तो प्रतिक्रिया पाइरहेको छ सौगातको ‘झ्यानाकुटी’ ले ? « Khabarhub

युट्युबमा कस्तो प्रतिक्रिया पाइरहेको छ सौगातको ‘झ्यानाकुटी’ ले ?


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्मको नियति कस्तो छ भने फिल्मले हलमा दर्शक तान्न सक्दैनन् । तर, युट्युबमा भने खुबै रुचाइन्छन् ।

लकडाउनको मौका छोपेर यु्ट्युबमा सार्वजनिक गरिएका फिल्महरुले दर्शक पाएका छन् । भलै दर्शकले गाली किन नगरुन् तर फिल्म हेरिरहेका छन् । यसअघि प्रेम दिवस, पञ्जेबाजा, पोइ पर्‍यो काले, अनुराग लगायत फिल्म लकडाउनको मौका पारेर युट्युबमा सार्वजनिक गरियो ।

यतिबेला युट्युबको नम्बर एक स्थानमा नेपाली फिल्म ‘झ्यानाकुटी’ छ । सौगात मल्ल र वेनिषा हमालको शीर्ष भूमिका रहेको यो फिल्म हेरेका दर्शकले ३ हजारभन्दा बढी प्रतिक्रिया छोडेका छन् । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि धेरैले मन परेको प्रतिक्रिया दिएका छन् ।

हलमा दर्शक तान्न नसकेको यो फिल्मलाई युट्युबमा भने तुलनात्मक रुपमा रुचाइएको छ । फिल्ममा सिमोस सुनुवारको निर्देशन देख्न सकिन्छ ।

धेरै प्रयोगकर्ताले शीर्ष भूमिका निभाएका सौगात मल्ल र वेनिषा हमालको अभिनय र फिल्मको कथा मन परेको प्रतिक्रिया दिएका छन् ।

‘मालतीको चरित्रमा देखिएकी वेनिषा हमालको अभिनय जोडदार लाग्यो, कथावस्तु पनि गज्जब लाग्यो । राम्रो चलचित्र बनाउन ठूलै रकम खर्च गर्नु पर्दैन भन्ने उदाहरण पनि हो यो,’ विश्वराज पौडेलले फिल्म मन परेको भन्दै युट्युबमा कमेन्ट गरेका छन् ।

यस्तै स्माइल पाख्रिनले लेखेका छन् – ‘यति राम्रो चलचित्र हेर्दा पनि हलले स्थान पाउँदैन, शायद पैसामा बिकेका हलवालाहरु…।’

एक प्रयोगकर्ताले नेपालमा यस्ता फिल्म बन्नुपर्ने र सौगात र वेनिषाको अभिनय दमदार भएको प्रतिक्रिया दिएकी छिन् । धेरैले वेनिषाले गरेको अभिनयको खुलेर तारिफ गरेका छन् ।

‘सारै राम्रो लाग्यो कथा, हेर्दाहेर्दै आँखाबाट आँसु पनि बगेछ,’ टेकेन क्षेत्रीले कमेन्ट गरेका छन् । त्यस्तै लक्ष्मी रानाभाट नामक प्रयोगकर्ताको कमेन्ट छ, ‘फिल्मको प्रस्तुतीकरण राम्रो छ, अभिनय पनि राम्रो छ ।’

कतिपयले लकडाउनका बेला घरमा बसेर राम्रो फिल्म हेर्न पाएको प्रतिक्रिया दिएका छन् ।

यो फिल्म १ मे मा युट्युबमार्फत सार्वजनिक गरिएको थियो । हलमा रिलिज भएको २ वर्षपछि युट्युबमा अपलोड गरिएको फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ ।

फिल्ममा सौगात मल्ल र वेनिषा हलमा पतिपत्नीको भूमिकामा छन् भने पुष्कर गुरुङ, जीवन भट्टराई, सुमी मोक्तान लगायतका कलाकारको समेत अभिनय छ ।

फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । हरि हुमागाईंले खिचेको फिल्मलाई निशा अधिकारी र सिमोस सुनुवारले निर्माण गरेका हुन् ।

हेर्नुहोस् पूरा फिल्म:

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : ३७ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ