देउवाले प्रधानमन्त्रीलाई भने- विदेशमा रहेका नेपालीलाई ल्याउँ | Khabarhub Khabarhub

देउवाले प्रधानमन्त्रीलाई भने- विदेशमा रहेका नेपालीलाई ल्याउँ


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपाली कामदारलाई स्वदेश ल्याउन र कोरोना परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर नेपालगन्जमा कोरोना परीक्षणलाई व्यापक रुप दिन र देशभर पिसिआर प्रविधिद्वारा द्रुत परीक्षण गर्न माग गरेका हुन् ।

सभापति देउवाले कुवेत सरकारको सेल्टरमा रहेका करिब ३ हजार तथा मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्दार गर्ने बारे सरकारले ब्यवस्थित योजना बनाएर क्रमशः कार्यान्वयन गर्न माग गरेका छन् ।

देउवाले सिमा नाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि धेरै नेपाली देश आउन नपाएको भन्दै उनीहरुलाई नेपाल आउने वातावरण बनाउन र भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्दार गर्ने ब्यवस्था मिलाउन समेत माग गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : २५ बजे

चार दिनदेखि विद्युत आपूर्ति बन्द

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ ।

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता 

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल