तातोपानी नाकाबाट 'शर्तसहित' सबैखाले सामग्री आयात गर्न दिने सहमति | Khabarhub Khabarhub

तातोपानी नाकाबाट ‘शर्तसहित’ सबैखाले सामग्री आयात गर्न दिने सहमति


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सामग्री आयात गर्दा ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने’ शर्तसहित तातोपानीबाट सबैखाले चिनियाँ सामग्री निर्वाध आयात गर्न दिने सहमति भएको छ ।

आज तातोपानी भन्सार उद्योग वाणिज्य सङ्घ, नेपाल सिमापार व्यापार सङ्घ भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र छिमेकी बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाेलगायत विभिन्न व्यक्तिसँग नाकामा बसेको बैठकमा चिनियाँ सामग्री आयातमा अवरोध नपुर्‍याउने सहमति जुटेको हो ।

चिनियाँ सामग्रीको आयात गर्दा अब कुनै अवरोध नपुर्‍याउने सहमति भएको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए । आज आठ कन्टेनर कृषिजन्य सामग्री नाका आइपुगेका छन् । “बिहीबार नेपाली सेनाको सुरक्षा सामग्री आउँदै छ”, प्रमुख भन्सार अधिकृत खत्रीले भने ।

स्थानीयले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्छ भन्दै भन्सारमा आइपुगेका ती गाडी काठमाडौँ जान नदिने बताउँदै भन्सार गेटमा धर्ना दिँदै आएका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १० : २८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले