कोरोना भाइरसले भारतमा १ हजार ७८५ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसले भारतमा १ हजार ७८५ जनाको मृत्यु


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७ सय नाघेको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण ८२ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ७८५ पुगेको हो ।

भारतमा एकैदिन थप ३ हजार ५८७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५२ हजार ९८७ पुगेको छ ।

भारतमा संक्रमितमध्ये १५ हजार ३३१ जना उपचारपछि निको भएका छन् । ३५ हजार ८७१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १४ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ५८५ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ४१४ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : ३८ बजे

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई

कुलमानले काटिदिए उद्योगको बिजुली, निजी क्षेत्रको गुनासो : न्याय खोज्न अब कहाँ जाऊँ ?

काठमाडौं– नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचमा डेडिकेटेड फिडर र ट्रंकलाइन

काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक

काठमाडौं- मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सातजना

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

काठमाडौं- गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको