कजाखस्तानमा सैनिक हेलिकोप्टर दुर्घटना, १३ सैनिकको मृत्यु | Khabarhub Khabarhub

कजाखस्तानमा सैनिक हेलिकोप्टर दुर्घटना, १३ सैनिकको मृत्यु


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अस्ताना– कजाखस्तानमा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा १३ सैनिकको मृत्यु भएको छ ।

कजाखस्तानको दक्षिण पश्चिमी क्षेत्रमा अरल सागर नजिकै रहेको झलागश क्षेत्रमा दुर्घटनाग्रस्त भएको त्यहाँको रक्षामन्त्रालयले जनाएको छ ।

क्यास्पियन सागरको तटमा रहेको अताकु शहरबाट उज्बेकिस्तानको सीमानजिक रहेको श्यामकेन्ट शहरका लागि उडान भरेको हेलिकोप्टर दुर्घटनामा परेको रक्षा मन्त्रालयले जनाएको हो ।

रुसमा निर्मित सोभियतकालिन एमआई ८ हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । सैनिक तालिमका क्रममा उडान भरेको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टर दुर्घटनामा पर्नुको कारणबारे केही खुलाइएको छैन । हालै राष्ट्रपतिको कार्यभार सम्हालेका कशिम जोमार्त टोकायेभले ट्विट गर्दै दुर्घटनामा हेलिकोप्टरमा सवार सबै १३ सैनिकको ज्यान गएको र

दुर्घटनाको कारणबारे अनुसन्धान गर्न निर्देशन दिएको जनाएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ३ : १२ बजे

भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

कञ्चनपुर- समयमै सामाजिक सुरक्षा भत्ता वापत्को रकम पाउँदा शुक्लाफाँटा नगरपालिका–८

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

मुस्ताङ- नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले रु तीन

प्रतिनिधिसभा निर्वाचन : झापामा मतदाता संख्या छ लाख ८२ हजार ९९३ जना कायम

झापा- झापा जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन्

मिथिलाबासी गोधन कुट्ने पर्व मनाउँदै

जलेश्वर (महोत्तरी)- महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा क्षेत्रमा बसोबास गर्ने मिथिलानीहरु आज

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

काठमाडौं- विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १०