एकाबिहनै लकडाउन उल्लंघन गर्ने १ हजार ३१६ जना पक्राउ | Khabarhub Khabarhub

एकाबिहनै लकडाउन उल्लंघन गर्ने १ हजार ३१६ जना पक्राउ


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ४५ औँ दिन । विहानै देखि उपत्यकाका सडक सुनसान छन् ।

लकडाउन जारी रहँदा अटेरी गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार बिहान मात्रै प्रहरीले काठमाडौं उपत्यकाबाट १ हजार ३१६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४ सय १५ जना महिला समेत रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई केही समय सडकमा उभ्याएर घर फर्काइएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै लकडाउनको समयमा सवारी पास नलिइ चलाएका सवारी समेत नियन्त्रणमा लिएको छ।

आज विहान मात्रै २ सय ८१ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उपत्यका भित्र छिर्ने नाका थप कडाइ गरेको छ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले शर्त सहित केही संघसस्था तथा व्यवसायहरु खोल्न छुट दिने निर्णय गरे पनि लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

नेपालमा हालसम्म ९९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १० : २१ बजे

झापा इनर्जीको आईपीओ दिन अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ