भारतमा रासायनिक प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु, सयौं बिरामी « Khabarhub

भारतमा रासायनिक प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु, सयौं बिरामी


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत – भारतको आन्ध्र प्रदेशको विशाखापटनमा रहेको एउटा केमिकल प्लान्टमा ग्यास लिक हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान ग्यास लिक भएपछि आसपासका पाँच गाउँका स्थानीयलाई सुरक्षित स्थानामा सार्ने काम भइरहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ग्यास चुहिएका कारण कतिपयले आँखा पोलेको र श्वासप्रश्वासमा समस्या भएको बताएका छन् । ग्यास आसपासका कम्तीमा पनि २० गाउँमा फैलिएको बताइएको छ । घटनामा परि १०० भन्दा बढी घाइते भएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार एक हजारभन्दा बढी मानिस बिरामी भएका छन् । उनीहरुलाई अस्पताल लैजाने क्रम जारी रहेको छ । प्लान्टबाट ‘स्टाइरिन’ नामक ग्यास लिक भएको बताइएको छ ।

सरकारले केही उद्योगहरु खोल्न दिने घोषणा गरिएपछि कम्पनीमा काम सुरु भएको थियो । सुरक्षाकर्मी र दमकलले अवस्थालाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

यसबीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन उद्धार फोर्सको बैठक बोलाएका छन ।

एलजी पोलिमर्स इन्डिया प्राइभेट लिमिटेडको प्लान्टमा ग्यास लिक भएको हो । सन् १९६१ मा बनेको यो प्लान्ट हिन्दुस्तान पोलिमर्सबाट सन् १९९७ मा दक्षिण कोरियाली कम्पनी एलजीले अधिग्रहण गरेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १२ : ५६ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा