भारतमा रासायनिक प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु, सयौं बिरामी « Khabarhub

भारतमा रासायनिक प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु, सयौं बिरामी


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत – भारतको आन्ध्र प्रदेशको विशाखापटनमा रहेको एउटा केमिकल प्लान्टमा ग्यास लिक हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान ग्यास लिक भएपछि आसपासका पाँच गाउँका स्थानीयलाई सुरक्षित स्थानामा सार्ने काम भइरहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ग्यास चुहिएका कारण कतिपयले आँखा पोलेको र श्वासप्रश्वासमा समस्या भएको बताएका छन् । ग्यास आसपासका कम्तीमा पनि २० गाउँमा फैलिएको बताइएको छ । घटनामा परि १०० भन्दा बढी घाइते भएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार एक हजारभन्दा बढी मानिस बिरामी भएका छन् । उनीहरुलाई अस्पताल लैजाने क्रम जारी रहेको छ । प्लान्टबाट ‘स्टाइरिन’ नामक ग्यास लिक भएको बताइएको छ ।

सरकारले केही उद्योगहरु खोल्न दिने घोषणा गरिएपछि कम्पनीमा काम सुरु भएको थियो । सुरक्षाकर्मी र दमकलले अवस्थालाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

यसबीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन उद्धार फोर्सको बैठक बोलाएका छन ।

एलजी पोलिमर्स इन्डिया प्राइभेट लिमिटेडको प्लान्टमा ग्यास लिक भएको हो । सन् १९६१ मा बनेको यो प्लान्ट हिन्दुस्तान पोलिमर्सबाट सन् १९९७ मा दक्षिण कोरियाली कम्पनी एलजीले अधिग्रहण गरेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १२ : ५६ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल