बारामा भारतीय नागरिकद्वारा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्र प्रहरीद्वारा १ राउण्ड हवाई फायर « Khabarhub

बारामा भारतीय नागरिकद्वारा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्र प्रहरीद्वारा १ राउण्ड हवाई फायर


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– नेपाल–भारत सीमाअन्तर्गत बाराको कबहीगोठमा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।

करिब १ सय जनाको संख्यामा आएका भारतीय नागरिकको समूहले सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रविणकुमार श्रेष्ठका अनुसार स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले १ राउण्ड हवाई फायर गर्नु परेको छ ।

‘कबहीगोठमा दिउँसोतिर केही भारतीय नागरिक खेत जोत्नका लागि भन्दै नेपालतिर प्रवेश गर्न खोजेका थिए । सुरक्षाकर्मीले रोकेपछि उनीहरु फर्किएका थिए,’ डीआईजी श्रेष्ठले भने, ‘पछि थप मानिसहरु बोलाएर सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न थाले । स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गर्नु परेको हो ।’

भीडमा आएका भारतीय नागरिकहरुले सशस्त्र प्रहरीको पोस्टमा ढुङ्गामुडा गरेका थिए । भारतीय नागरिकको ढुङ्गामुडाका कारण सशस्त्र प्रहरीको चेकपोस्टमा क्षति पुगेको छ ।

डीआईजी श्रेष्ठका अनुसार भारतबाट नेपाल प्रवेश गर्न खोज्नेहरु बढेपछि अहिले दुवै देशका अधिकारीहरुबीच छलफल चलिरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  २ : ५६ बजे

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट

आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १९ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १९ गते शुक्रबार सन् २०२६