बजेट अधिवेशनका लागि तयार भयो संघीय संसद : नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने | Khabarhub Khabarhub

बजेट अधिवेशनका लागि तयार भयो संघीय संसद : नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने

कोरोनाको रिपोर्ट हेरेर मात्रै सांसदलाई प्रवेश गर्न दिइने


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको वर्षे अधिवेशन भोलि (शुक्रबार) शुरु हुँदैछ । अधिवेशनको पहिलो दिनको बैठकमा सरकारले जारी गरेको अध्यादेशले खारेज गरेका साविकको ऐनको व्यवस्था जगाउने अध्यादेश टेवल गर्ने कार्यसुची रहेको छ ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउउने अध्यादेश, २०७७’ कानूनमन्त्रीले टेवल गर्ने जनाइएको छ ।

सरकारले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐनका केही दफा संसोधन गर्ने व्यवस्थासहितको दुई अध्यादेश जारी गरे पनि चौतर्फी आलोचना भएपछि अर्को अध्यादेशमार्फत दुई अध्यादेश खारेज गर्नेगरी अध्यादेश जारी गरेको थियो ।

पहिला ल्याइएका अध्यादेशले साविकको ऐनका दफा समेत खारेज भएकाले साविककै व्यवस्था राख्न बैशाख १२ गते अर्को अध्यादेश जारी गरिएको थियो । संसद अधिवेशन शुरु भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन हुने विधेयक संसदमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

कोरोना परीक्षणको रिपोर्ट हेरेर मात्रै प्रवेश दिइने

संसद अधिवेशन शुरु हुनुपूर्व सबै संसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना परीक्षणको नतिजा देखाएपछि मात्रै सांसदहरुलाई प्रवेश दिइनेछ ।

संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेका अनुसार बिहीबार संकलन गरिएका सबै स्वाबको परीक्षण रिपोर्ट शुक्रबारसम्म आइपुग्ने र त्यहि अनुसार सांसदहरुलाई बैठक कक्षमा जान दिइनेछ ।

नीति तथा कार्यक्रम जेठ २ गते

संसद सचिवालयका अनुसार शुक्रबारदेखि बैठक शुरु हुने र २८ र २९ गतेगरी दुई दिन प्रि–बजेट छलफल हुनेछ । सरकारको नीति तथा कार्यक्रम भने जेठ २ गते आउने छ ।

सचिवालयका प्रवक्ता पाण्डेका अनुसार जेठ २ गते बेलुका ४ बजेका लागि राष्ट्रपतिद्वारा दुबै सदनको संयुक्त बैठक आह्वान भइसकेको र त्यसैदिन राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्न कार्यसूची रहेको छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने भएका कारण सरकारले नियमित रुपमै बजेट पेश गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ३ : २७ बजे

सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी– पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही