धुम्बाराहीमा नेकपाका २० नेताले भने– तत्काल स्थायी कमिटी बोलाइयोस् | Khabarhub Khabarhub

धुम्बाराहीमा नेकपाका २० नेताले भने– तत्काल स्थायी कमिटी बोलाइयोस्


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थायी कमिटी बैठक बस्नु पर्ने माग गर्दै आएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा भेला भएका छन् ।

बिहीबारदेखि नै शुरु हुने भनिएको स्थायी कमिटी बैठक स्थगित भएपछि बैठकको माग गर्दै आएका २० जना स्थायी कमिटी सदस्यहरु पार्टी मुख्यालयमा भेला भएका हुन् ।

पार्टी मुख्यालयमा अनौपचारिक छलफल गरेका उनीहरुले तत्काल स्थायी कमिटी बैठक बोलाउन पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

गत शनिबार बसेको नेकपा सचिवालय बैठकले बिहीबार स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको थियो । बिहीबार बस्ने बैठकको एजेन्डा तय गर्ने भनेर बुधबार बसेको सचिवालय बैठकमा सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले छिट्टै अर्को बैठकको मिति तोक्ने गरी बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गर्ने निर्णय गरेका थिए ।

दुई अध्यक्षबीच बैठकका एजेन्डामा सहमति हुन नसक्दा बैठक स्थगित भएको विषय सार्वजनिक भएपछि बैठक माग गर्ने स्थायी कमिटी सदस्यहरु बिहीबार पार्टी मुख्यालय पुगेका थिए ।

बिहीबारको अनौपचारिक छलफलमा उनीहरुले स्थायी कमिटी बैठकका सम्भावित एजेन्डाका विषयमा पनि छलफल गरेका छन् ।

बिहीबारको अनौपचारिक बैठकमा सहभागी भएका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी तथा सरकारका काम–कारबाही, कोरोना भाइरसको संकट, पार्टी एकताका बाँकी काम, विदेशमा रहेका नेपालीको उद्दार लगायत विषयलाई बैठकको एजेन्डा तय गर्न सकिने गरी छलफल भएको जानकारी दिए ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ४ : ०६ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र