लकडाउन प्रभावकारी बनाउन सशस्त्र प्रहरीद्वारा साइकल गस्ती « Khabarhub

लकडाउन प्रभावकारी बनाउन सशस्त्र प्रहरीद्वारा साइकल गस्ती


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा बन्दाबन्दी (लकडाउन) प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले साइकल गस्ती शुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन सरकारले आगामी जेठ ५ गतेसम्म बन्दाबन्दी जारी राख्ने निर्णय गरेसंगै बन्दाबन्दी प्रभावकारी बनाउन सशस्त्र प्रहरीले साइकल गस्ती शुरु गरेको सशस्त्र प्रहरी उपरीक्षक बीर सिंह शाहुले जानकारी दिए ।

उनका अनुसार, सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले कञ्चनपुर जिल्लाभरी साइकल गस्ती गर्न मातहतका निकायलाई निर्देशन समेत दिइसकेको छ ।

कञ्चनपुरका सबै सीमा क्षेत्र, पुर्वपश्चिम राजमार्ग, वनजंगल क्षेत्र, ग्रामीण बस्ती र बजार क्षेत्रमा सशस्त्र प्रहरीले साइकल गस्ती गरेर बन्दाबन्दीको उलंघन कम गराउने र आपराधिक गतिविधि न्यूनीकरणमा समेत सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । सीमा क्षेत्रमा समेत सशस्त्र प्रहरीले जनशक्ति थप गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : १२ बजे

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत