प्रधानमन्त्री निवास बालुवाटारमा यसरी गरियो दीप प्रज्वलन | Khabarhub Khabarhub

प्रधानमन्त्री निवास बालुवाटारमा यसरी गरियो दीप प्रज्वलन


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस विरुद्धको संघर्षमा ऐक्यवद्धता प्रकट गर्न भन्दै बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारस्थित बुद्धका प्रतिमा अगाडि दीप प्रज्वलन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६३ औं जन्मजयन्तिका सन्भर्दमा दीप प्रज्वलन गर्न सबै देशबासीलाई अनुरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले बुद्ध जयन्तिको सन्दर्भमा कोरोना महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरुप्रति उच्च सम्मानस्वरुप, संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभका लागि, मृत्युवरण गरेकाहरुको शान्तिका लागि बिहीबार साँझ दीप प्रज्वल गर्न आग्रह गरेका थिए ।

बिहीबार साँझ बालुवाटारमा आयोजित दीप प्रज्वल कार्यक्रममा प्रधानमन्त्री ओलीका अतिरिक्त उनकी पत्नी राधीका शाक्य, केही मन्त्री, कर्मचारी तथा बौद्धमागीहरु सहभागी भएका थिए ।


तस्वीरहरु– प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : ४३ बजे

आश्विन कृष्ण पक्षः आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २३ गते सोमबार। आश्विन कृष्ण

आज २०८२ साल भदौ २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २३ गते सोमबार। आश्विन

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय