१८ लाख रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा २ जना पक्राउ « Khabarhub

१८ लाख रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा २ जना पक्राउ


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलंगवा– सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको झन्डै १८ लाख रुपैयाँसहित सर्लाहीबाट २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित भन्सार चेकपोस्टबाट सशस्त्र प्रहरीले बुधबार १७ लाख ९० हजार रुपैयाँसहित २ जना भारतीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको पतनपुर घर बताउने ४२ वर्षीय रामललित मण्डल र ३३ वर्षीय निरज कुमार छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश सर्लाहीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उक्त परिमाणमा स्रोत नखुलेको रकम फेला परेको हो ।

सशस्त्रको टोलीले पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : ५६ बजे

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट

आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १९ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १९ गते शुक्रबार सन् २०२६