इराकका पूर्व गुप्तचर प्रमुख खादिमी प्रधानमन्त्रीमा निर्वाचित | Khabarhub Khabarhub

इराकका पूर्व गुप्तचर प्रमुख खादिमी प्रधानमन्त्रीमा निर्वाचित


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इराकका पूर्व गुप्तचर प्रमुख मुस्तफा खादिमी नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । अमेरिका पक्षीय मानिने खादिमीलाई इराकको संसदले बिहीबार प्रधानमन्त्रीमा निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकाको न्युयोर्क टाईम्सले पनि खादिमीको सम्वन्ध अमेरिकासँग धेरै राम्रो रहेको र उनी क्षमतावान व्यक्ति भएको जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजिनामा दिएपछि लामो समयपछि उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । इराकमा लामो समयदेखि कामचलाउ प्रधानमन्त्रीको भरमा सरकार सञ्चालन भइरहेको थियो भने सरकार विरोधी प्रदर्शनहरु पनि भइरहेका थिए ।

प्रदर्शनकारीहरुले रोजगारी र सुशासनको माग गरेका थिए । उनीहरुले भ्रष्टाचार अन्त्य गर्न र सरकारका काम कारबाही राम्रो बनाउन आग्रह गर्दै आएका थिए ।प्रधानमन्त्रीमा निर्वाचित भएपछि खादिमीले इराकको सुरक्षा, समृृद्धि र उत्थानका लागि संसदले आफुलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत् उनीले सवैभन्दा पहिलो प्राथमिकता कोरोनाभाइरसविरुद्धको लडाईँ हुने पनि उल्लेख गरेका छन् ।

इराकमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दुई हजार ४८० पुगेको छ भने १०२ व्यक्तिको विश्वव्यापी प्रकोपका रूपमा फैलिएको यस भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १० : ०१ बजे

जम्मु कश्मीरमा भारतीय सेनाको ट्रक खोँचमा खस्दा तीन सैनिकको मृत्यु

काठमाडौं– जम्मु कश्मीरमा भारतीय सेनाको ट्रक खोँचमा खस्दा तीन सैनिकको

केआईआईटीमा दोहोरिएको घटनाको छानबिन गर्न माग

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भारतको उडिसा राज्य स्थित कलिङ्गा

अस्पताल विकास समितिको पारदर्शिताका लागि विधेयक ल्याउने स्वास्थ्यमन्त्रीको तयारी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने

सुर्खेतमा भेटियो युवतीको शव, हत्या गरेको आंशका

सुर्खेत– सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका– १२ मा एक जना युवतीको

बलेवा-मालढुङ्गा खण्ड स्तरोन्नति गरिँदै

ढोरपाटन– एक वर्ष अगाडि सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको