बंगलादेशमा रहेका नेपाली विद्यार्थीद्वारा ‘रिले अनसन’ बस्ने चेतावनी « Khabarhub

बंगलादेशमा रहेका नेपाली विद्यार्थीद्वारा ‘रिले अनसन’ बस्ने चेतावनी


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले नेपाल सरकारले स्वदेश फर्काउन पहल नगरेको भन्दै शुक्रबारदेखि रिले अनसन शुरु गर्ने चेतावनी दिएका छन् ।

बंगलादेशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक महिना अघिदेखि स्वदेश फर्काउन नेपाल सरकारलाई आग्रह गर्दै आएका थिए । विद्यार्थीहरुले आफूहरुको मागको सरकारले वेवास्ता गरेको भन्दै शुक्रबारदेखि अनसन शुरु गर्ने चेतावनी दिएका हुन् ।

बंगलादेशमा रहेका कलेज समेत आगामाी सेप्टेम्बर सम्मका लागि बन्द भएका छन् । आफूहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै उनीहरुले चाँडोभन्दा चाँडो स्वदेश फर्काउन आग्रह गर्दै आएका छन् ।

बंगलादेशको ढाकास्थित नेपाली दूतावासमा स्वदेश फर्कन चाहने ८ सय ९८ जना नेपालीको विवरण समेत संकलन गरिएको छ ।

विदेशी भूमीमा रोग र भोकको त्रासमा अलपत्र रहँदा समेत सरकारले उद्धार नगरेको भन्दै विद्यार्थीहरुले अनशन बस्ने निर्णय गरेको बंगलादेशमा रहेका नेपाली विद्यार्थी नवीन यादवले बताए । विद्यार्थीहरुले आज विज्ञप्तिमार्फत भोलिदेखि  अनसनको  बस्ने चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १० : २१ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा