भारतमा मालवाहक रेलले किच्दा १६ मजदुरको मृत्यु « Khabarhub

भारतमा मालवाहक रेलले किच्दा १६ मजदुरको मृत्यु


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ  ।

शुक्रबार बिहान भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

दक्षिण मध्य रेलवेका प्रमुख पीआरओलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार शुक्रबार विहान साढे पाँच बजे घटना भएको थियो । उनका अनुसार घटनाको प्रकृति हेर्दा मजदुरहरु रेलको लिकमा सुतिरहेका थिए ।

एउटा स्टील कारखानामा काम गर्ने २० मजदुरहरु जालनाबाट भुसावलतर्फ जाने क्रममा दुर्घटना भएको बताइएको छ ।

मध्य प्रदेश जाने ‘श्रमिक स्पेसल’ रेल भेट्टाउन भुसवालतर्फ हिँडेका ती मजदुर थाकेपछि रेल्वे ट्रयाकमै सुतेको बताइएको छ ।

जाल्नाबाट भुसावलबीचको दूरी करिब १५० किलोमिटर रहेको ४५ किलोमिटर हिँडिसकेपछि उनीहरु रेल्वे ट्रयाकमै सुस्ताएको हुनसक्ने प्रहरीले बताएको छ । उनीहरु सुतिरहेका बेला मालवाहक रेलले बन्दनपुर कर्माड स्टेसनबीचको ठाउँमा किचेको हो ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई मध्य प्रदेश सरकारले ५ लाख भारतीय रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेको छ । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : ३३ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड