प्रचण्ड-सिता विवाहको ५१ वर्ष, गत वर्ष गरिएको थियो पुनः विवाह | Khabarhub Khabarhub

प्रचण्ड-सिता विवाहको ५१ वर्ष, गत वर्ष गरिएको थियो पुनः विवाह


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सिताबीच विवाह भएको ५१ वर्ष भएको छ ।

सामाजिक सञ्जालमा नेकपा नेता कार्यकर्ताले प्रचण्डलाई वैवाहिक वर्षगाठको शुभकामना दिइरहेका छन् ।

प्रचण्ड पूत्री गंगा दाहालले आज आमा बुवाको ५१ वर्षगाठ भन्दै शुभकामना दिएकी छिन् ।

प्रचण्ड र सिताको ५१ वर्ष पहिले विस २०२६ सालमा मागी विवाह भएको थियो। प्रचण्ड र सिता दुवैले १५ वर्षको उमेरमा विवाह गरेका थिए ।

गत वर्ष वर्षगाठको ५० वर्षको अवसर पारेर प्रचण्ड र सिताबीच पुन विवाह कार्यक्रम आयोजना गरिएको थियो । यस वर्ष भने औपचारिक कार्यक्रम गरिएको छैन ।

पुत्र प्रकाश दाहालको निधनपछि सिता दाहाल विक्षिप्त बनेको र स्वास्थ्य स्थितिमा पनि समस्या अएको भन्दै सकारात्मक मानसिक प्रभावका लागि भन्दै पुन विवाह गरिएको बताइएको थियो ।

५० औं वर्षगाठमा प्रचण्ड र सिता दुलाह दुहली झैं सजिएका थिए । तर, शारीरिक रुपमा सीता निकै अशक्त देखिएकी थिइन् । विवाह कार्यक्रममा पञ्चेबाजा बजाइएको थियो ।

प्रचण्ड पत्नी सिता पार्किन्सन रोगबाट पीडित छिन् ।

उपचारका लागि गत चैतमा प्रचण्डले पत्नी सितालाई अमेरिका पनि लगेका थिए ।

सिता केही समय अघिदेखि नै पार्किन्सन रोगबाट पीडित छिन् । छोरा प्रकाश दाहालको निधन भएपछि उनमा यो समस्या थप बढेको छ । अमेरिका जानु अघि प्रचण्डले भने अनुसार पहिला पार्किन्सन भित्रको भनेर सामान्य मानिए पनि यो जटिल बनेको छ ।

पार्किन्सन भित्रको पनि प्रोग्रेसिभ सुप्रान्यूक्लियरपाल्सी भन्ने रोग सितालाई लागेको प्रचण्डले जानकारी दिएका थिए । रोग अलि जटिल नै हुन थालेको र अमेरिकामा यसको पछिल्लो प्रविधि अनुसार उपचार हुने भएपछि आफू त्यसतर्फ लागेको प्रचण्डले बताएका थिए । अमेरिकामा

उपचार गरेर आएपनि सिताको स्वास्थ्यमा अपेक्षाकृत सुधार हुन सकेको थिएन ।

पछिल्लो समय उनको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। उनी साहराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छिन् ।

पार्किन्सन्स रोगबाट पीडित उनको स्वास्थ्यमा सुधार नभएपछि आयुर्वेदिक उपचार पनि थालिएको थियो । उनलाई उपचारका लागि हरिद्वारस्थित रामदेवको योगपिठ लगिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  २ : ३८ बजे

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं–  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

वीरगञ्ज– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई