अस्ट्रेलियामा किशोरीमाथि यौन दुर्व्यहार गरेको मुद्दा खेप्दै एक नेपाली | Khabarhub Khabarhub

अस्ट्रेलियामा किशोरीमाथि यौन दुर्व्यहार गरेको मुद्दा खेप्दै एक नेपाली


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अस्ट्रेलियामा एकजना १८ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका नेपालीलाई शुक्रबार अदालतमा उपस्थित गराइएको छ ।

अस्ट्रेलिया प्रहरीले नेपाली मूलका २५ वर्षीय युवकलाई वैशाख १२ गते हस्र्टभिलबाट पक्राउ गरेको थियो । उनलाई शुक्रबार दोस्रो पटक अदालतमा उपस्थित गराइएको हो ।

गत चैत ५ गते एक १८ वर्षीया युवती जागिरको लागि अन्तर्वार्ता दिन अलावाह रेलवे स्टेशनबाट वाइड्स एभिन्यूतर्फ जाँदै थिइन् ।

त्यहाँ उनले एक जना (नेपाली) युवकलाई भेटिन् । उनले बसमार्फत यात्रा गर्न सुझाउँदै किशोरीमाथि यौन दुर्व्यवहार गरे । युवती त्यहाँबाट भागेर बच्न सफल भइन् ।

त्यसपछि किशोरीले आफूमाथि यौन हिंसा भएको भन्दै प्रहरीलाई जानकारी दिइन् । युवतीको जानकारी पछि प्रहरीको ट्रान्सपोर्ट एण्ड सफ्टी कमान्डका अधिकारीले तत्काल अनुसन्धान शुरु गरे ।

अनुसन्धानका क्रममा किशोरीमाथि यौन दुर्व्यवहार भएको पाइएपछि प्रहरीले युवकलाई वैशाख १२ गते पक्राउ गरेको हो ।

पक्राउ पछि उनलाई कोगारा पुलिस स्टेशन पु¥याएर यौनजन्य क्रियाकलाप गरेको अभियोगमा अनुसन्धान अगाडि बढाइयो ।

प्रहरीका अनुसार ती युवकले सामाजिक सञ्जालमा नक्कली अकाउन्ट बनाएर युवती तथा किशोरीहरुलाई जागिरको प्रलोभन देखाएर भेट्ने गर्दथे ।
पहिलोपटक उनलाई पारामाटा लोकल कोर्टमा उपस्थित गराइएको थियो । अदालतमा उनले जमानतका लागि अपिल गरे पनि अदालतले उनको अपिल अस्वीकार गरेको थियो ।

दोस्रो पटक शुक्रबार उनलाई सेन्ट्रल लोकल कोर्टमा उपस्थित गराइएको छ । सेन्ट्रल लोकल कोर्टले पनि उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ ।

अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले उनीमाथि थप अनुसन्धान चलिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  २ : ५३ बजे

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौं – राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा