रुसले भेनेजुएलाबाट सेना फिर्ता गर्नुपर्छ : ट्रम्प « Khabarhub

रुसले भेनेजुएलाबाट सेना फिर्ता गर्नुपर्छ : ट्रम्प


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई भेनेजुएलाबाट आफ्ना सैनिक फिर्ता गर्न आग्रह गरेका छन् । ह्वाइट हाउसमा भेनेजुएलामा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुआँ गुआइदोकी श्रिमतीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले रुसलाई भेनेजुएलाबाट आफ्ना सैनिक फिर्ता गर्न आग्रह गरेका हुन् ।

‘रुस भेनेजुएलाबाट जानुपर्छ’ ओभल अफिसमा पत्रकारहरुसँग ट्रम्पले भने । तर, कसरी उनले भेनेजुएलाबाट रुसी सेना फिर्ता गर्छन् भन्ने प्रश्नमा ट्रम्पले भने ‘हेरौँ । त्यसका लागि सबै विकल्पहरु खुला छन् ।’

गत शनिबार रुसले भेनेजुएलाको राजधानी कराकासमा दुई सैनिक विमानमार्फत् १ सय जनाभन्दा धेरै विशेष सैनिक र अरु सैनिक सामग्री पठाएको थियो ।

भेनेजुएला पुगेका रुसी विशेष फौजमा साइबर सुरक्षासम्बन्धी विशेषज्ञहरु पनि रहेको हुनसक्ने अमेरिकी अनुमान छ । गत जनवरीमा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका गुआइदोलाई अमेरिकासहित पश्चिमा मुलुकले समर्थन गर्दै आएका छन् भने सत्तामा रहेका राष्ट्रपति निकोलस मादुरोलाई रुस र चीनसहित अन्य मुलुकहरुले समर्थन गर्दै आएका छन् ।

मादुरोले गुआइदोलाई अमेरिकाको कठपुतलीको संज्ञा दिँदै आएका छन् । रुसले मादुरोलाई आर्थिक तथा सैनिक सहयोग गर्दै आएको छ ।
रुसी सेना भेनेजुएलाबाट फिर्ता गर्नुपर्ने राष्ट्रपति ट्रम्पको भनाइको भने रुसले खण्डन गरेको छ ।

रुसी विदेशमन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले च्यानल वान टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा अमेरिकाले अरु देशलाई सेना फिर्ता गर्नुभन्दा पनि शुरुमा आफूले के गरिरहेको छु भन्ने हेर्नुपर्ने टिप्पणी गरेको रुसी समाचार संस्था तासले जनाएको छ ।

अमेरिकाले सिरियामा अवैधानिक रुपमा आफ्ना सैनिक राखेर भेनेजुएलाबाट रुसलाई सेना फिर्ता गर्न नसुहाउने जखारोभालाई उद्धृत गर्दै तासले जनाएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ५५ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को