दक्षिण एशियामा कोरोना भाइरस संक्रमित एक लाख नजिक « Khabarhub

दक्षिण एशियामा कोरोना भाइरस संक्रमित एक लाख नजिक


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध भएका आठ देशमा कोभिड-१९ बाट संक्रमितको संख्या करीब एक लाख पुगेको छ।

कोभिड-१९ बारे सूचना आदान-प्रदान गर्नका लागि सार्क प्रकोप व्यवस्थापन केन्द्रले सञ्चालनमा ल्याएको वेबसाइट covid19-sdmc.org का अनुसार आज (शुक्रबार) दिउँसोसम्मको तथ्याङ्क अनुसार ९९ हजार ७४१ जना संक्रमित भएका छन्।

यो क्षेत्रमा दुई हजार ७९६ जनाको मृत्यु भइसकेको छ भने २४ हजार ८१६ जना संक्रमणमुक्ता भएका छन्। सबैभन्दा बढी संक्रमित र मृत्यु भारतमा भएको छ। भारतमा ५६ हजार ३४२ जना संक्रमित भएका छन्।

त्यस्तै मृतकको संख्या पनि एक हजार ८०० नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार एक हजार ८८६ जनाको मृत्यु भइसकेको छ। १६ हजार ५३९ जना भने उपचारपश्चात संक्रमणमुक्त भएका छन्।

त्यस्तै भारतपछि सबैभन्दा बढी संक्रमित र मृत्यु पाकिस्तानमा भएको छ। २५ हजार ८३७ जना संक्रमित भएकोमा ५९४ जनाको मृत्यु भएको छ भने सात हजार ५३० जना कोरोनामुक्त भएका छन्। १२ हजार ४२५ जना संक्रमित भएर १९९ जनाको मृत्यु भइसकेको बंगलादेशमा अहिलेसम्म कोही पनि निको भएका छैनन्।

अफगानिस्तानमा पनि मृतकको संख्या १०५ पुगेको छ। तीन हजार ५६३ जना संक्रमित भएकोमा ४६८ जना भने निको भएका छन्।

माल्दिभ्स र श्रीलङ्कामा क्रमश: ६४२ र ८२४ जना संक्रमित भएकोमा त्यहाँ क्रमश: तीन र ९ जनाको मृत्यु भएको छ। नेपालमा आज एक जना थपिएसँगै संक्रमितको संख्या १०२ पुगेको छ। भुटानमा भने पछिल्ला साताहरूमा संक्रमित देखिएका छैनन्। अहिलेसम्म सात जना संक्रमित भएका छन्।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ९ : ०६ बजे

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।