निर्माण सामग्री बोक्ने सवारीसाधनलाई अब पास नचाहिने « Khabarhub

निर्माण सामग्री बोक्ने सवारीसाधनलाई अब पास नचाहिने


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउन केही खुकुलो गर्दै  सशर्त उद्योग व्यवसाय खोल्न दिने निर्णय गरेसँगै सो सँग सम्बन्धित यातायात तथा सवारी साधनको आवागमनलाई प्रहरी र स्थानीय प्रशासनले सहजीकरण गर्ने भएका छन् ।

उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध चल्न दिने तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको बैठकमा उपत्यकामा चल्ने सवारीका विषयमा आवश्यक कार्ययोजनासहित सहजीकरण गर्ने निर्णय भएको उनले जानकारी दिए ।

उनले इँटा, ढुङ्गा, रड, सिमेन्टलगायत बोकेका सवारीलाई पास नचाहिने बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।

उपत्यकामा चल्ने गाडीको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा सङ्घसंस्थाको हकमा सम्बन्धित संस्थाका नियामक निकायले पास जारी गर्ने जिल्लाको हकमा सम्बन्धित कार्यालयको सिफारिसमा प्रमुख जिल्ला अधिकारीमार्फत पास जारी गर्ने निष्कर्षसमेत उक्त बैठकले गरेको छ।

विकास निर्माणसम्बन्धीका सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने निर्णय गरिएको उनले बताए । त्यसैगरी बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९ः०० देखि १९ः३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

सरकारले गरेको निर्णय र निर्देशन अनुसार विकास निर्माणका कामलाई सहजीकरण गर्दै अन्य गतिविधिलाई भने पूर्ण रोक्ने गरी प्रहरी परिचालन गरिएको उनले बताए ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १० : ४० बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड