वैदेशिक रोजगारीबाट फर्किएका साढे १८ हजार युवा १०/१० लाख सहुलियत ऋणका लागि सूचीकृत | Khabarhub Khabarhub

वैदेशिक रोजगारीबाट फर्किएका साढे १८ हजार युवा १०/१० लाख सहुलियत ऋणका लागि सूचीकृत


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीबाट फर्किएर सहुलियतपूर्ण कर्जाका लागि आवेदन दिएका साढे १८ हजार युवा सूचिकृत भएका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उनीहरूको सीप र ज्ञान पहिचान गरी सरकारले १० लाख सहुलियत ऋण दिने चालु आर्थिक बर्षमा योजना ल्याएको थियो ।

सोही अनुसार वैदेशिक रोजगार पवद्र्धन बोर्डले गत पुस महिनामा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान’का लागि आवेदन लिएको थियो । बोर्डमा करिब २१ हजार वैदेशिक रोजगारीबाट फर्किएका युवाले आवदेन दिएका थिए ।

ती मध्ये ८ सय १९ महिलासहित १८ हजार ७ सय ६६ जना युवा अनुदानका लागि सूचीकृत गरि अनुदानका लागि सिफारिस भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको बोर्डले जानकारी दिएको छ ।

सूचीकृत भएका युवालाई श्रम मन्त्रालयले बैंकलाई अनुदानका लागि सिफारिश गर्ने प्रक्रिया अघि बढाउने वोर्डका कार्याकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

सरकारले गत कात्तिक महिनामा स्वीकृत भएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कायवधि, २०७५’ अनुसार स्वदेश फर्किएका आप्रवासी कामदारले बढीमा १० लाख रुपैयाँ कर्जा दिने योजना अघि सारेको थियो ।

अर्थ मन्त्रालयले प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका अन्य ६ प्रकारका सहुलियतपूर्ण कर्जा उद्यमी बन्न ऋण दिने योजना गत कात्तिक महिनामा मन्त्रिपरिषद् बैठकबाट पारित भएको थियो ।

कार्यविधिमा समाविष्ट विविध कर्जामध्ये यो परियोजना कर्जा हो, जसले विदेशमा कम्तीमा ६ महिना बसेको र स्वदेश फर्केको तीन वर्ष ननाघेकालाई योग्य मानि ऋण दिने व्यवस्था छ ।

सूचीकृत भएका युवाले स्थानीय हतका बैंकबाट पनि कर्जा लिन सक्ने बोर्डले जानकारी दिएको छ । कर्जा वितरणका काम चालु आर्थिक वर्षभित्र नै शुरु गरिने बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १० : ३६ बजे

बालबालिकालाई पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान आजदेखि

काठमाडौं– सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ

देउवालाई भेट्न प्रधानमन्त्री दाहाल बूढानिलकण्ठमा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति

मिश्रकी बौद्धिक रानी क्लियोपेत्रा, भाइलाई पति नमान्दा सत्ताच्यूत !

एकथरि भन्छन्- परम सुन्दरी नारी कि मूर्ख, कि त घमण्डी

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

पक्की पुल बनेपछि आवागमनमा सहज

म्याग्दी– पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि