कोरोना भाइरसले साउदीमा २२९ जनाको मृत्यु, खाडी मुलुकमा ८७ हजार संक्रमित « Khabarhub

कोरोना भाइरसले साउदीमा २२९ जनाको मृत्यु, खाडी मुलुकमा ८७ हजार संक्रमित


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ४८६ जनाको मृत्यु भएको छ भने ८७ हजार १९० जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २२९ जनाको मृत्यु भएको छ । त्यहाँ ३५ हजार ४३२ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा १७४ जनाको मृत्यु भएको छ भने १६ हजार ७९३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ४७ जनाको मृत्यु भएको छ भने ७ हजार २०८ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा १६ जनाको मृत्यु भएको छ भने ३ हजार ११२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १२ जनाको मृत्यु भएको छ भने २० हजार २०१ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ४ हजार ४४४ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ११ बजे

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी