कोरोना संकटले उपचार नपाएका क्यान्सर पीडित शेर्पाको अमेरिकामा निधन « Khabarhub

कोरोना संकटले उपचार नपाएका क्यान्सर पीडित शेर्पाको अमेरिकामा निधन


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- कोरोनाको संकटमा परेर क्यान्सर पीडित पेम्बा रिन्जी लामा शेर्पाको केमोथेरापी अभावमा निधन भएको छ।

५२ वर्षीय लामाको न्युयोर्क प्रेस्टबेटरिन अस्पतालमा गत बुधबार साँझ निधन भएको हो। करिब नौ वर्षअघि अमेरिका पुगेका उनी सोलुखुम्बु दूधकुण्ड नगरपलिका–५ छिनाक्पु गाउँका हुन्।

पेटको क्यान्सरको उपचारका लागि गत ६ महिनादेखि दुई–दुई सातामा केमोथेरापि लिँदै आएका थिए। तर, कोरोना लकडाउनका कारण नियमित केमोथेरापी पाएका थिएनन्।

घरमै आराम गरिरहेको अवस्थामा अचानक स्वास्थ्यमा समस्या आएपछि करिब एक साताअघि उनलाई अस्पताल भर्ना गरिएको थियो। लामाका श्रीमति, एक–एक छोरा र छोरी नेपालमै छन्।

उनी न्युयोर्कको क्विन्सस्थित एल्मर्ष्टमा बस्दै आएका थिए। अस्वस्थताका कारण काम गर्न नसकेर तीन महिनाको कोठाभाडा साथीभाइको सहयोगमा तिरिएको थियो।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : १५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार