भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चालोस् - नेकपा प्रवक्ता श्रेष्ठ | Khabarhub Khabarhub

भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चालोस् – नेकपा प्रवक्ता श्रेष्ठ


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको भूमि लिपुलेक क्षेत्रमा भारतले सडकको उद्घाटना गरेकोबारे तत्काल कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

उनले भारतको यो कदमप्रति घोर आपत्ती जनाउँदै सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले लेखेका छन्, ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।हामी सबै कोरोना बिरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको बिरुध्द सरकारले तु कदम चालोस् ।’

सबैजना कोरोनाविरुद्ध लडिरहेको मौका छोपेर गरिएको यो अतिक्रमणको विरुद्ध सरकारले तुरुन्त कमद चाल्नुपर्ने उनको भनाई छ ।

लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत उक्त सडकको उद्घाटन गरेका छन् ,

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : २९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र