भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चालोस् – नेकपा प्रवक्ता श्रेष्ठ « Khabarhub

भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चालोस् – नेकपा प्रवक्ता श्रेष्ठ


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको भूमि लिपुलेक क्षेत्रमा भारतले सडकको उद्घाटना गरेकोबारे तत्काल कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

उनले भारतको यो कदमप्रति घोर आपत्ती जनाउँदै सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले लेखेका छन्, ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।हामी सबै कोरोना बिरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको बिरुध्द सरकारले तु कदम चालोस् ।’

सबैजना कोरोनाविरुद्ध लडिरहेको मौका छोपेर गरिएको यो अतिक्रमणको विरुद्ध सरकारले तुरुन्त कमद चाल्नुपर्ने उनको भनाई छ ।

लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत उक्त सडकको उद्घाटन गरेका छन् ,

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : २९ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट