नेपाल फर्केपछि प्रचण्डले भने- मलाई अमेरिकी विमानस्थलबाट भूमिगत शैलीमा लगियो | Khabarhub Khabarhub

नेपाल फर्केपछि प्रचण्डले भने- मलाई अमेरिकी विमानस्थलबाट भूमिगत शैलीमा लगियो



काठमाडौं- अमेरिकामा पत्नी सीता दाहालको उपचार गरेर १० दिन पछि स्वदेश फर्किएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको बेलिविस्तार गरेका छन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पत्नी दाहालको स्वास्थ्य अबस्थामा उल्लेख्य सुधार आएको बताउँदै अमेरिकामा भएका गतिविधिका विषयमा चर्चा गरे ।

उनले आफू जहाजमै रहेका बेला आफ्नाविरुद्ध अमेरिकामा उजुरी गरेको भएपनि अमेरिकाको एयरपोर्टमा पुग्नेवित्तिकै भुमिगत रुपमा गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको बताए ।

उनले भने ‘म जहाजमै रहेको बेला मेरा विरुद्ध मेरील्याण्डमा उजुरी परेको रहेछ’ द्वन्द्वकालीन घटनाका विषयलाई लिएर नेपाली मूलका अमेरिकी नागरिक तिलक श्रेष्ठले दिएको उजुरीबारे स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ‘तर, मलाई जानकारी दिइएन। एयरपोर्टमा पुग्नेबित्तिकै मलाई भूमिगत रुपमै गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको रहेछ। मैले पछि थाहा पाएँ ।’

अध्यक्ष प्रचण्डले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायतका नेपालीहरुले आफूलाई केही नहोस् भनेर सावधानी अपनाएको बताए । उनले भने , ‘राजदूत लगायतका साथीहरुले नै त्यो व्यवस्था गर्नुभएको रहेछ । उहाँहरुमा प्रचण्डलाई केही हुन्छ कि भन्ने चिन्ता रहेछ । हुनेवाला केही पनि थिएन। अमेरिकाले मेराबारे पहिले नै ‘नो इन्भेष्टिगेशन सर्कुलर’ जारी गरिसकेको थियो ।’

प्रचण्डले अमेरिकामा रहँदा नेपाली समुदाय र अमेरिकी अधिकारीहरुसँग समेत भेट भएको भन्दै नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा बार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएको समेत जानकारी गराए । उनले भने ‘नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा सम्वाद नभएको लामो समय भएको छ । अब उच्च तहमा राजनीतिक सम्वाद हुनुपर्छ भन्ने विभिन्न तहका छलफलमा कुराकानी भएको छ, त्यसका लागि हामी प्रयास गर्छौं ।’

अध्यक्ष प्रचण्डले पत्नी सीताको उपचारका लागि ३ ठाउँमा अनुसन्धान र उपचार भएको भन्दै उनले भने ‘अमेरिकाका ३ ठाउँमा अनुसन्धान र उपचारको काम भयो। सीताको स्वास्थ्यको खास समस्या के हो ? भन्नेबारे डाक्टर मात्र होइन, चिकित्सा क्षेत्रका वैज्ञानिकहरुले पनि अनुसन्धान गरे । पहिल्यै सिङ्गापुरमा गरिएको अनुसन्धानको विकसित रुप नै रहेछ।’

पत्नीको उपचारका लागि अमेरिका पुगेका नेकपा अध्यक्ष ‘प्रचण्ड’ विहीबार स्वदेश फर्किएका हुन् ।

 

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ७ : २८ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र