अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक मेन्सका सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।

अमेरिकी सेनाका एक सदस्य समेत रहेका राष्ट्रपति ट्रम्पका एक सहयोगीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको दुई दिनमै उपराष्ट्रपति माइक पेन्सका प्रेस सेक्रेटरी केटी मिलर कोरोना भाइरसबाट संक्रमित भएकी हुन् ।

शुक्रबार उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको बीबीसीले जनाएको छ ।

शुक्रबार उपराष्ट्रपति पेन्स एक धार्मिक नेतासँगको भेटका लागि चढेको विमानमा रहेका ६ जनालाई अचानक बाहिर निकालिएको थियो ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएकी मीलरसँग हालै सम्पर्कमा आएका व्यक्तिहरुलाई विमानबाट निकालिएको जनाइएको छ ।

मिलर राष्ट्रपति ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन् । राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीमा नै संक्रमणको पुष्टि भएपछि ह्वाइट हाउसले ट्रम्प र पेन्समा पनि कोरोना भाइरस रहे नरहेकोबारे परीक्षण सुरू गरेको छ ।

दुबै जनाको दैनिक परीक्षण गरिरहदा अहिलेसम्म संक्रमण नदेखिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १ : ०५ बजे

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका