कोरोना भाइरस : २ लाख ८० हजारबढीको मृत्यु, ४१ लाख संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : २ लाख ८० हजारबढीको मृत्यु, ४१ लाख संक्रमित


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ४१ लाख ६२३ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १४ लाख ३९ हजार ४३१ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ८० हजार २७६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४७ हजार ६८३ जनाको अवस्था गम्भीर छ ।

विश्वका २१२ देशमा फैलिएको यो संक्रमणबाट ज्यान गुमाउनेको संख्या आइतबार बिहानसम्म २ लाख ८० हजार ४३१ पुगेको छ ।

एकैदिन ४ हजार २४८ जनाले ज्यान गुमाएका छन् भने ८८ हजार ९९७ जनामा नयाँ संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकमा १५ लाख ८१ हजार २५६ जना संक्रमित छन् । एकै दिन २७ हजार ५५६ जनामा नयाँ संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै एक हजार कम हो ।

युरोपका देशहरुमा अहिलेसम्म १ लाख ५१ हजार ७६५ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै १ हजार ५१ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ६ लाख ४७ हजार २१० जना उपचारपछि निको भएका छन् भने ८ लाख ६ हजार ८६३ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १४ हजार ३५४ जनाको अवस्था गम्भीर छ ।

एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार ८५१ पुगेको छ । ६ लाख ५० हजार ८९८ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ५९ हजार ३८२ जना निको भएका छन् । २ लाख ६९ हजार ६६५ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार ८ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ७४ हजार ५३१ पुगेको छ । कोरोनाकै कारण अहिलेसम्म ८९ हजार ५० जनाले ज्यान गुमाएका छन् ।

दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १५ हजार ७७९ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ९८ हजार १२५ पुगेको छ । मृतकको संख्या १५ हजार ४ सय पुगेको छ ।

संक्रमितमध्ये १ लाख ३ हजार ६२० निको भएका छन् भने १ लाख ७९ हजार १०५ जनाको उपचार भइरहेको छ ।

अफ्रिकी मुलुकमा ६१ हजार ९८५ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार २३२ जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियासहित ओसियान मुलुकमा ११८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ५२५ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : ५२ बजे

साकेलामा बाँसकलासम्बन्धी उद्योग स्थापना

खोटाङ– गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तर्गत साकेला गाउँपालिकामा

जडीबुटी खेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण

कैलाली– वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटी खेती विस्तारका लागि

गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ

काठमाडौं– जेनजी अभियन्ता सुदन गुरुङले जेनजीको माग पूरा गर्ने जिम्मा

एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अब नेपाली च्यानलबाट पनि

गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

गुल्मी– आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा