भीम निरौला भन्छन् – म भर्सटायल गायक हुँ « Khabarhub

भीम निरौला भन्छन् – म भर्सटायल गायक हुँ


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा ‘सन्डे मर्निङ लभ यु’ गीत गाउँदै प्रस्तुति दिएर गायक भीम निरौला एकाएक चर्चामा आए । गीतको सामाजिक सञ्जालमा खुबै चर्चा भयो ।

‘सन्डे मर्निङ लभ यु’ ले ७ वर्षपछि गायक निरौलालाई एकाएक चर्चामा ल्याइदिएको छ । निरौलाले यो गीत कमेडी शैलीको भएको र खुशी हुँदा जस्तो अवस्थामा पनि गाउन मिल्ने भएकाले यो गीत रुचाइएको बताउँछन् ।

‘यो गीत कमेडी शैलीको छ, यसमा नाच्न, हाँस्न, गुनगुनाउन अथवा पार्टीमा गाउन पनि मिल्छ, खुशी हुँदा जहाँ पनि गाउन मिल्छ,’ निरौलाले भने, ‘त्यसैले यो गीत रुचाइएको हुनुपर्छ ।’

निरौलाले आफू भर्सटायल (जस्तासुकै गीत पनि गाउन सक्ने) गायक भएको बताउँछन् । ‘म आफूलाई भर्सटायल गायक भन्न रुचाउँछु, मैले लोकगीत पनि गाएको छु, पप गीत पनि गाएको छु,’ उनले भने ।

धनकुटामा जन्मिएका भीम लामो समयदेखि बेलायतमा बस्दै आएका छन् । उनी त्यहाँ एक होटलमा म्यानेजरका रुपमा कार्यरत छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : ५६ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च