अनमोललाई साथीहरुले सोध्छन् – तिम्रो मोबाइलमा किन यति धेरै कुकुरका तस्वीर छन् ? | Khabarhub Khabarhub

अनमोललाई साथीहरुले सोध्छन् – तिम्रो मोबाइलमा किन यति धेरै कुकुरका तस्वीर छन् ?


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमा आफ्नो प्रिय कुकुर कोकोका तस्वीर शेयर गरिरहेका हुन्छन् । यतिबेला होम क्वारेन्टाइनमा रहेका अनमोल घरमा आफ्नो बेस्ट फ्रेन्ड कोकोसँग समय बिताइरहेका छन् । कोको अनमोलको प्रिय कुकुरको नाम हो ।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो कुकुरसँगको माया दर्शाइरहेका हुन्छन् । हालै अनमोलले आफ्नो प्रिय साथी भन्दै एक तस्वीर शेयर गरेका छन् ।

‘मेरा साथीहरुले सधैं सोध्छन्, मेरो मोबाइलमा मेरो कुकरका यति धेरै तस्वीर छन् ? म उनीहरुलाई मेरो प्रिय साथी कुकुर हो भनेर चिनाउँछु ।,’ उनले लेखेका छन् ।

अनमोलले कुकुरको तस्वीर शेयर गर्दै साथ भएकोमा खुशी व्यक्त गरेका छन् । ‘मेरो प्रिय भएकोमा तिमीलाई धन्यवाद कोको,’ अनमोलले तस्वीर शेयर गर्दै लेखेका छन् । साथै उनले कोकोलाई जन्मदिनको शुभकामना पनि दिएका छन् ।

गतवर्ष अनमोलले अभिनय गरेका कुनै पनि फिल्म प्रदर्शनमा आएनन् । केही फिल्ममा उनले अभिनय गर्ने चर्चा पनि चल्यो ।

अनमोलले ‘धुपौरे’ साइन गरेर स्किृप्ट चित्त नबुझेको भन्दै छोडे । यो फिल्मले उनलाई विवादमा मात्र तानेन, उनीविरुद्ध उजुरी नै पर्‍यो । फिल्मका निर्माताले फिल्म गर्ने भनेर साइन गरेर फिल्म नगरेपछि आफूलाई घाटा परेको भन्दै अनमोलविरुद्ध उजुरी हालेका थिए ।

अनमोल र सुहाना थापाको अभिनय रहने फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन लकडाउनका कारण रोकिएको छ । यो फिल्म आगामी दशैंमा रिलिज हुने चर्चा थियो । अब भने लकडाउनका कारण समयमा काम हुन नपाउँदा फिल्मको रिलिज मिति नै अन्योलमा परेको छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ५५ बजे

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको