अनमोललाई साथीहरुले सोध्छन् – तिम्रो मोबाइलमा किन यति धेरै कुकुरका तस्वीर छन् ? « Khabarhub

अनमोललाई साथीहरुले सोध्छन् – तिम्रो मोबाइलमा किन यति धेरै कुकुरका तस्वीर छन् ?


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमा आफ्नो प्रिय कुकुर कोकोका तस्वीर शेयर गरिरहेका हुन्छन् । यतिबेला होम क्वारेन्टाइनमा रहेका अनमोल घरमा आफ्नो बेस्ट फ्रेन्ड कोकोसँग समय बिताइरहेका छन् । कोको अनमोलको प्रिय कुकुरको नाम हो ।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो कुकुरसँगको माया दर्शाइरहेका हुन्छन् । हालै अनमोलले आफ्नो प्रिय साथी भन्दै एक तस्वीर शेयर गरेका छन् ।

‘मेरा साथीहरुले सधैं सोध्छन्, मेरो मोबाइलमा मेरो कुकरका यति धेरै तस्वीर छन् ? म उनीहरुलाई मेरो प्रिय साथी कुकुर हो भनेर चिनाउँछु ।,’ उनले लेखेका छन् ।

अनमोलले कुकुरको तस्वीर शेयर गर्दै साथ भएकोमा खुशी व्यक्त गरेका छन् । ‘मेरो प्रिय भएकोमा तिमीलाई धन्यवाद कोको,’ अनमोलले तस्वीर शेयर गर्दै लेखेका छन् । साथै उनले कोकोलाई जन्मदिनको शुभकामना पनि दिएका छन् ।

गतवर्ष अनमोलले अभिनय गरेका कुनै पनि फिल्म प्रदर्शनमा आएनन् । केही फिल्ममा उनले अभिनय गर्ने चर्चा पनि चल्यो ।

अनमोलले ‘धुपौरे’ साइन गरेर स्किृप्ट चित्त नबुझेको भन्दै छोडे । यो फिल्मले उनलाई विवादमा मात्र तानेन, उनीविरुद्ध उजुरी नै पर्‍यो । फिल्मका निर्माताले फिल्म गर्ने भनेर साइन गरेर फिल्म नगरेपछि आफूलाई घाटा परेको भन्दै अनमोलविरुद्ध उजुरी हालेका थिए ।

अनमोल र सुहाना थापाको अभिनय रहने फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन लकडाउनका कारण रोकिएको छ । यो फिल्म आगामी दशैंमा रिलिज हुने चर्चा थियो । अब भने लकडाउनका कारण समयमा काम हुन नपाउँदा फिल्मको रिलिज मिति नै अन्योलमा परेको छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ५५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी