कोरोनाको संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु « Khabarhub

कोरोनाको संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार कोरोना संक्रमित ४५ वर्षीय दुर्गा थापाको मृत्यु भएको हो । पाल्पा दारसिवास स्थायी घर भएका थापा केही वर्षदेखि रोजगारीको सिलसिलामा भारतको हरियाणास्थित रोतकमा थिए ।

उनको हरियाणामा उपचार हुँदै गर्दा मृत्यु भएको बताइएको छ ।

दूतावास स्रोतका अनुसार हालसम्म भारतका विभिन्न स्थानमा रहेका नेपालीमध्ये २८ जनामा कोरोना पोजेटिभ देखिएको छ, जसमध्ये एक जनाको मृत्यु भएको छ ।

त्यस्तै, १३ जना कोरोना जितेर घर फर्किएका छन् भने १४ जना भने भारतका विभिन्न अस्पतालमा उपचाररत रहेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ११ : २९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने