सिक्किमको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप, केही घाइते « Khabarhub

सिक्किमको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप, केही घाइते


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– सिक्किमको सीमा क्षेत्रमा भारत र चिनियाँ सेनाबीच झडप भएको छ ।

त्यस क्रममा दुबै पक्षका सैनिक जवानहरु घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सैनिक सूत्रलाई उदृत गर्दै आजतकले जनाए अनुसार उत्तरी सिक्किमको सीमामा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । दुबै पक्षका केही सैनिक घाइते भएको र पछि स्थानीय स्तरमा कुराकानी पछि सैनिकहरु हटेका थिए ।

चिनियाँ सैनिक जवान आक्रामक भएपछि भारतीय सेनाले प्रतिवाद गरेको समाचारहरुमा जनाइएको छ । विवादपछि केही बेरको वार्तापछि दुबै सैनिक आआफ्नो पोष्टमा फकिएका थिए ।

सीमा विवाद जारी रहँदा यसअघि पनि भारतीय र चिनियाँ सेनाबीच यस्तो घटना हुने गरेको थियो । यसअघि सन् २०१७ मा दुबै देशका बीच सिक्किम क्षेत्रमा भीषण तनाव देखिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ३० बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा