जिल्ला अदालत कास्कीका श्रेस्तेदारविरुद्ध ३० हजारको भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

जिल्ला अदालत कास्कीका श्रेस्तेदारविरुद्ध ३० हजारको भ्रष्टाचार मुद्दा दर्ता


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अदालतमा विचाराधी मुद्दामा नियन्त्रणमा लिइएको गाडी छुटाइदिने बहानामा लिएको ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका पराजुलीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् ।

संगठित अपराध, कर्तव्य जान मुद्दामा दशी प्रमाणको रुपमा जिल्ला अदालत कास्कीमा पेश भएको ग १ च नम्बरको कार अदालतको आदेश बमोजिम छुटिसकेको अवस्थामा पराजुलीले भने धरौटी निर्धारण गरी गाडी छाडिदिने भन्दै ३० हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियारले पराजुलीविरुद्ध ३० हजार रुपैयाँ बिगो तथा बिगो अनुसार जरिवाना र ४ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  २ : ३५ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च