नेपालमा कोरोना संक्रमित कुन उमेर समूहका कति जना ? « Khabarhub

नेपालमा कोरोना संक्रमित कुन उमेर समूहका कति जना ?


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमितमध्ये ७९ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने ३१ जना निको भएर डिस्चार्ज भइसकेका छन् । 

नेपालमा कोरोना संक्रमित कुन उमेर समूहका कति ?

नेपालमा संक्रमण पुष्टि भएका १ सय १० जना कोरोना संक्रमित शिशु देखि वृद्धवृद्धासम्म रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार कोरोना संक्रमितहरुमा जन्मेदेखि १४ वर्षका बालबालिकाहरु १२ जना रहेका छन् । ती मध्ये ८ जना बालक र ४जना बालिका रहेका छन् । 

यस्तै १५ देखि ३० वर्षका युवायुवतीहरु ३५ जना संक्रमित रहेका छन् । ती मध्ये ३० जना युवाहरु छन् भने ५ जना युवतीहरु छन् । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई हेर्दा ३५ जना संक्रमितहरु ३१ देखि ४५ वर्ष उमेर समूहका छन् । 

ती मध्ये २५ जना पुरुष र १० जना महिला रहेका छन् । यस्तै ४६ देखि ६० वर्ष भित्रका १८ जना संक्रमित छन् ती मध्ये १० जना पुरुष र ८ जना महिला छन् ।

यस्तै ६० वर्ष भन्दा माथिका १० जना संक्रमित रहेका छन् ती मध्ये ५ जना वृद्ध पुरुष र ५ जना वृद्धा महिला संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा ५ सय ८९ को पीसीआर परीक्षण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय  ८९ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको आइतबारको तथ्यांकका अनुसार देशभरका १९ प्रयोगशालाहरु मध्ये १० वटा प्रयोगशालामा ५ सय ८९ वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको हो । 

यस्तै ४ सय ११ वटा नमूनाको नजिता भने आउँन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म १६ हजार ८ सय ९८ वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरीएको छ ।

यस्तै कोरोना संक्रमित तथा कोरोना आशंका गरिएका १ सय ६४ जना विभिन्न अस्पतालमा आइसोलेसनमा रहेका छन् । यस्तै देशभरका क्वारेन्टाइनमा १३ हजार ६ सय २५ जना रहेको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म आरडीटी विधिबाट  ५६ हजार ६ सय ५७ वटा नमूना परीक्षण गरीएको छ । तर, स्वास्थ्य मन्त्रालयले आरडीटी परीक्षणको नतिजा सार्वजनिक गरेको छैन ।

आरडीटी विधिबाट परीक्षण गरिएकाहरुको पुन पीसीआर विधिबाट कोरोना पोजेटिभ देखिएमा मात्र त्यसलाई संक्रमितको रुपमा लिने गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : १८ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल