कोरोना भाइरसको संक्रमण बढेपछि कुवेतमा २० दिनका लागि कर्फ्यु जारी « Khabarhub

कोरोना भाइरसको संक्रमण बढेपछि कुवेतमा २० दिनका लागि कर्फ्यु जारी


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण बढेसँगै कुवेतले आइतबारदेखि मुलुकभर कर्फ्यु जारी गरेको छ ।

कुवेत सरकारको गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० मेदेखि ३० मे २०२० सम्म पूर्ण कर्फ्यु लागू गर्ने निर्णय गरेसँगै आइतबारदेखि कर्फ्यु लगाइएको हो ।

पूर्ण कर्फ्यु लगाइएको बताइए पनि कोपरेटिभ सोसाइटी, खाद्यान्‍न आपूर्ति गर्ने तथा ग्यास सिलिन्डर वितरण गर्ने पसलहरु खुला रहनेछन् ।

मानिसहरुलाई हिँडडुलका लागि बेलुका ४:३० देखि ६:३० सम्मको समय तोकिएको छ ।

उक्त समयावधिमा आफू बसोबास गर्ने क्षेत्रभित्र कार वा अन्य सवारीसाधनको प्रयोग नगरी स्वास्थ्य सम्बन्धी पूर्वसावधानीका सर्तहरू तथा मापदण्डहरू ध्यानमा राखेर मात्र हिँडडुल गर्न पाइने छ ।

कुवेतमा सोमबार विहान यो समाचार तयार पार्दासम्म ५८ जनाको मृत्यु भएको छ भने ८ हजार ६८८ जना संक्रमित भएका छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : १८ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको