फोन चार्ज नभएर हैरान हुनुहुन्छ, यस्ता छन् छिटो चार्ज गर्ने उपाय | Khabarhub Khabarhub

फोन चार्ज नभएर हैरान हुनुहुन्छ, यस्ता छन् छिटो चार्ज गर्ने उपाय


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै समय टेलिफोनमा कुराकानी गर्न घण्टौँ हिड्नुपर्ने नेपालीका घरघरमा अहिले मोबाइल फोन छ ।

घरको एउटा कुनै सदस्यलाई फोन गरेर कसैलाई दिनोस् न भन्दा उसकै मोबाइल फोन गर्दा हुन्छ नि भन्ने अवस्था सृजना भएको छ । अर्थात प्रत्येक घरका हरेकजसो सदस्यको हातहातमा मोबाइल छ ।

तर मोबाइल फोन छिटो चार्ज नहुदा दिक्क लाग्नेहरु पनि धेरै नै छन् । यस्तो समस्या समाधानका लागि आजकल स्मार्टफोन निर्माता कम्पनीहरूले उनीहरूको मिडरेन्ज र त्यस माथिको श्रेणीका स्मार्टफोनमा फास्ट चार्ज सुविधा प्रदान गरिरहेका छन्।

तर यस्ता धेरै प्रयोगकर्ताहरू छन् जससँग फास्ट चार्ज स्मार्टफोनहरू छैनन् र उनीहरूको फोनहरू ढिलो चार्ज हुने गरेको छ ।

फोन  ढिलो चार्ज हुने कारणहरू धेरै भएकाले त्यस्ता कारणलाई पहिचान गरी हटाउन सके मोबाइल फोन छिटो चार्ज गर्न सकिन्छ । हामी यहाँ तपाईलाई केही त्यस्ता टिप्स दिदैछौँ जसले तपाईको फोन ढिलो चार्ज हुने समस्या समाधान गर्न मद्दत मिल्नेछ ।

१.मोबाइल स्वीच अफ गरेर मात्रै चार्ज गर्ने

यदी तपाईं मोबाइल अफ नै नगरी चार्ज गर्दै हुनुहुन्छ भने आजैदेखि उक्त बानी त्यागिदिनोस् । तपाईं फोनलाई स्वीच अफ गरेर मात्र चार्ज गर्न थाल्नोस्, त्यसो गरेपछि स्मार्टफोनलाई छिटो चार्ज गर्न सकिन्छ ।

फोन अफ गरेर नेटवर्क सिग्नलहरू बन्द हुनेछ र धेरै जसो एप्स पनि बन्द हुनेछन्, यसले चाँडै चार्ज हुनेछ।

२. सक्कली चार्जर प्रयोग गर्नुहोस्

मोबाइल चार्च गर्दा सधै सम्बन्धित कम्पनीले उपलब्ध गराएको चार्जर मात्रै प्रयोग गर्नुहोस् ।

बजारमा सस्तो मूल्यमा किन्न पाईने नक्कली र सस्तो चार्जर प्रयोग नगर्नुहोस् ।

यसो गर्दा तपाईँको स्मार्टफोन पड्किने सम्भावना धेरै हुन्छ साथै स्मार्टफोन छिटो बिग्रिने जोखिम पनि उच्च हुन्छ।

३. मोबाइलमा उपलब्ध विकल्पको प्रयोग

तपाईँको मोबाइलमा पावरसँग सम्बन्धित विभिन्न विकल्पहरु हुन्छन् ।

सँधै पावर सेभिंग मोड र ब्याट्री सेभर Power saving mode/ Battery saver मोड प्रयोग गरेर स्मार्टफोन चार्ज गर्नुहोस्।

यसो गर्दा स्मार्टफोनमा भएका ब्याकग्राउण्ड एप्स बन्द गर्दछ र मोबाइल छिटो चार्ज हुन्छ ।

४. फ्लाईट मोडमा चार्ज गर्नुहोस्

यदि तपाईँ फोनलाई अन नै राखेर चार्ज गर्न चाहनुहुन्छ भने फोनलाई फास्ट चार्ज गर्न फ्लाइट मोडमा पनि राख्न सक्नुहुनेछ ।

यो सुबिधा अहिलेको हरेक स्मार्टफोनमा राखिएको हुन्छ । फोनलाई फ्लाइट मोडमा राख्दा मोबाइल नेटवर्क सिग्नल, वाईफाई, ब्लूटूथ लगायतका  कनेक्सनहरु बन्द हुन्छ र फोन छिटो चार्ज हुन्छ ।

५. नक्कली डाटा केबल प्रयोग नगर्नुहोस्

मोबाइल फोन चार्ज गर्दा जुनपायो त्यही डाटा केवलको प्रयोग पनि छिटो चार्ज नहुने अर्को कारण हो ।

सस्तो र नक्कली डाटा केबल प्रयोग गरेर चार्ज गर्दा पनि समस्या हुन्छ । चार्जर ओरिजिनल नै भए पनि डाटा केवल नक्कली भएमा काम गर्दैन । यसर्थ डाटा केवल पनि सक्कली नै प्रयोग गर्नोस् ।

यसअतिरिक्त आफ्नो मोबाइल सुरक्षित राख्न फोनमा लगाइएको ब्याक कभर पनि चार्ज गरेको बेला निकालेमा छिटो चार्ज हुन्छ ।

ब्याक कभरको साथ फोन चार्ज गर्नाले मोबाइल छिटो तातिन्छ । यसले पनि फोन छिटो चार्ज हुन मुस्किल हुन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १२ : ५२ बजे

‘अनलाइन’बाटै नागरिकता सिफारिस 

बैतडी– बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाख बढी राजस्व सङ्कलन

वीरगञ्ज– बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक वर्षको वैशाख

टहरा भत्काएर सडक विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाले ८२ वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य