भूकम्प पछिको पुन:निर्माण– सिन्धुपाल्चोकमा ८८ प्रतिशत निजी आवास निर्माण सम्पन्न | Khabarhub Khabarhub

भूकम्प पछिको पुन:निर्माण– सिन्धुपाल्चोकमा ८८ प्रतिशत निजी आवास निर्माण सम्पन्न


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– १२ वैशाख २०७२ को बिनासकारी भूकम्पले सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोक जिल्लामा घरबार बिहीन हुन पुगेका भूकम्पपीडितमध्ये ७६ हजार नौ सय ८० परिवारको आवास निर्माण सकिएको छ ।

निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो गुनासोसहित जम्मा लाभग्राही ९० हजार सात सय ५९ रहेका थिए । जसमध्ये ८७ हजार ७ सय ५८ लाभग्राहीले आवास निर्माणका सम्झौता गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारका प्रमुख भरत आचार्यले बताए ।

अनुदान सम्झौता गरेर ८४ हजार चार लाभग्राहीले दोस्रो किस्ता वापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयसँग तंथ्याक छ । सिन्धुपाल्चोकमा रकम बुझेर घर निर्माण नगर्ने १६ जनाले पहिलो किस्ता बापतको ५० हजार रकम फिर्ता गरिसकेको प्रमुख आचार्यले बताए ।

सिन्धुपाल्चोकका एक सय ६८ पहिचान भएका भूमिहीन लाभग्राहीहरूमध्ये ३५ जनाले मात्र जग्गा खरिद गरि अनुदान प्राप्त गरेका छन् । जिल्लामा ७ सय १७ जना बिस्तापित भएका मध्ये तीन सय २१ जना लाभग्राहीले मालपोत कार्यालयबाट जारी भएको लिखतको आधारमा अधिकतम प्रति लाभग्राही २ लाखसम्म जग्गा खरिद बापतको थप अनुदान पाइसकेका छन भने तीन सय १९ जनाले आवास निर्माण गरिसकेका छन् । जस मध्ये हेलम्बु दुई चित्रेको दुई परिवारले जग्गा पुर्जामा भए जति नभएको भन्दै पुर्जा मुताविकको जग्गा माग गरिरहेका छन् ।

यस्तै २०७६ चैत्र मसान्तसम्म पहिचान भएका ९० हजार पाँच सय ७९ कुल लाभग्राही मध्ये ७६ हजार नौ सय ८० भूकम्प पीडितले नयाँ तेस्रो किस्ता बापतको रकम बुझेका जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)का प्रमुख सन्तोष निरौला बताउँछन् ।

उनका अनुसार चैत्र मसान्त सम्म लाभग्राही मध्ये ८७ हजार छ सय ८७ लाभग्राहीले पहिलो किस्ताबापत ५० हजार र ८४ हजार चार लाभग्राहीले दोस्रो किस्ताबापत थप एक लाख ५० हजारको लागि सिफारिस भएको छ । जिल्लामा भूकम्पले निजी आवास गुमाएका सूचीकृत परिवारमध्ये ८८ प्रतिशतको आवास निर्माण सम्पन्न निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ५ : ५४ बजे

शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

राँझा– मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना  गृह बाँकेले

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

ढाका– बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

काठमाडौं– सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र

मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट

जनकपुरधाम– मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा

अघि बढ्यो तीन दिन रोकिएको कांग्रेस बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सानेपामा सुरु भएको छ ।