खोप अभियान तत्काल सञ्चालन गर्न सर्वोच्च अदालतको आदेश | Khabarhub Khabarhub

खोप अभियान तत्काल सञ्चालन गर्न सर्वोच्च अदालतको आदेश


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले खोप अभियान तत्काल सञ्चालन गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले राष्ट्रिय दादुरा खोप अभियान तत्काल सञ्चालन गर्न आदेश दिएको हो ।

कोरोना संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत १० गते सूचना जारी गरी चैत मसान्तसम्मका लागि दादुरा खोप अभियान स्थगित गरेको थियो ।

मन्त्रालयको उक्त निर्णयपछि अधिवक्ता सन्तोष भण्डारी लगायतले हालेको रिटको सुनुवाई गर्दै अदालतको आदेशमा भनिएको छ, ‘खोप अभियान सञ्चालन नगर्दा बालबालिकाहरुको स्वास्थ्यमा पर्न जाने प्रतिकूल प्रभाव समेतलाई विचार गर्दा खोप अभियानलाई सुरक्षित साथ सञ्चालन गर्नु/गराउनु ।’

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ९ : ११ बजे

राष्ट्रिय झन्डा ओढेर जेन-जीका नाममा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता समातिए

पोखरा- गत भदौ २४ गते भएको जेन-जीहरूको आन्दोलनका क्रममा राष्ट्रिय

रैथाने बाली संरक्षणमा प्रदेश सरकार, जग्गा बाँझो राख्नेलाई जरिवाना

काँक्रेविहार – कर्णाली प्रदेशमा उत्पादन हुने नौवटा रैथाने प्रजातिका बालीहरू

गोदरेजले नेपालमा इओन रेगालिस एआई फ्रन्ट लोड वाशिंग मसिन सुरुवात गर्दै 

काठमाडौं– गोदरेज एप्लायन्सेसले नेपालमा आफ्नो प्रिमियम इओन रेगालिस ८ किलोग्राम

दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीले अनुसन्धान गर्दै

नयाँदिल्ली– भारतीय फरेन्सिक टोलीहरूले मंगलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको

दिल्लीको कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा अनुसन्धान सुरु

नयाँदिल्ली– भारतीय फरेन्सिक टोलीहरूले मंगलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको विनाशकारी