सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै « Khabarhub

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ २ गते शुक्रबार प्रस्तुत हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण देशको समग्र अर्थतन्त्र, जनस्वास्थ्य र समाजका सबै पक्षमा परेको प्रभावलाई सम्बोधन गर्ने गरी राहतका विषयलाई प्राथमिकताका साथ समावेश गरिने अपेक्षा गरिएको छ ।

त्यसैगरी अनावश्यक खर्च कटौती, विकास निर्माणका परियोजनाको निरन्तरता, रोजगारी सिर्जना, औद्योगिक एवम् कृषि उत्पादकत्व वृद्धि, कृषि क्षेत्रको आधुनिकीकरण, सामाजिक सुरक्षाजस्ता राष्ट्रिय चासोका विषयलाई पनि नीति तथा कार्यक्रममा संलग्न गरिने बताइएको छ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक आयव्ययको विवरण (बजेट) पनि नीति तथा कार्यक्रमको सेरोफेरोमा रहेर सरकारले तयार गरिरहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : ५३ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।