रुपन्देहीका पहिलो संक्रमित युवक कोरोनामुक्त, डिस्चार्जको तयारी « Khabarhub

रुपन्देहीका पहिलो संक्रमित युवक कोरोनामुक्त, डिस्चार्जको तयारी


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक कोरोनामुक्त भएका छन् ।  पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएसँगै उनी कोरोनामुक्त भएको अस्पतालले जनाएको हो ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका युवक वैशाख १९ गतेदेखि बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचाररत थिए ।

गत शुक्रबार र सोमबारको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार (आज) नै डिस्चार्ज गर्न लागिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

उनी गएको वैशाख ५ गते भारतको मुम्बईबाट नेपाल प्रवेश गरेका थिए ।

उनलाई अस्पतालबाट डिस्चार्ज गरिएपछि पनि एकहप्ता होम आइसोलेसनमा बस्नुपर्ने अस्पतालले जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : १८ बजे

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज