साउदीमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय ७४ पुग्यो « Khabarhub

साउदीमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय ७४ पुग्यो


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरबमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ ।

रियादस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार हालसम्म साउदीमा ११ जना महिलासहित ६७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । दूतावासका अनुसार यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो ।

सबैभन्दा बढी साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, पश्चिम क्षेत्र मक्का, मदिना, जेद्दा र जजानमा १ सय ४८ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएका नेपाली दूतावास रियादले जनाएको छ। संक्रमित भएका मध्य केही नेपाली निको भइ काममा फर्किसकेका छन् ।

साउदीमा कोरोना भाइरसबाट सबै देशका नागरिक गरी कुल संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ । मंगलबार थप १ हजार ९ सय ११ जनामा संक्रमण भएको छ । मंगलबार एकै दिन २ हजार ५ सय २० जना निको भएका छन् ।

कूल संक्रमितहरु मध्ये हालसम्म १५ हजार २ सय ५७ जना निको भएका छन् । साउदीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या हालसम्म  मंगलबार ९ जना सहित २६४ जना संक्रमितको मृत्यु भएको छ ।

दूतावासका अनुसार साउदी अरबमा कोरोना संक्रमण सुरु भएदेखि विभिन्‍न कारणले ३१ नेपाली नागरिक को मृत्यु भएको छ।ती मध्य कोरोनाका कारण भने एक जना नेपालीले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : १४ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख