इन्टरनेट नचलेर हैरान हुनुहुन्छ, यस्ता छन् फास्ट बनाउने तरिका « Khabarhub

इन्टरनेट नचलेर हैरान हुनुहुन्छ, यस्ता छन् फास्ट बनाउने तरिका


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले लकडाउन जारी रहदा अधिकांश मानिसहरु यतिबेला घरमै छन् ।

यो बेला इन्टरनेटको प्रयोग अधिक बढेको छ । तर इन्टरनेटको गति एकदमै सुस्त भएर तपाई दिक्क हुनुभएको होला ।

इन्टरनेट विग्रिएमा वा सुस्त नै भएपनि सम्बन्धीत कम्पनीले कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै कर्मचारी पठाउन नमानिरहँदा तपाईलाई पक्कै पनि इन्टरनेट कसरी फास्ट बनाउन सकिएला भन्ने मनमा लागेको हुनुपर्छ ।

यस्तो अवस्थामा हामी तपाईंहरुलाई केही टिप्स दिदैछौं जसले तपाईंको इन्टरनेटलाई फास्ट बनाउँन मद्दत गर्छ ।

राउटर राखेको स्थान परिवर्तन

राउटर राखिएको स्थानले पनि तपाईको इन्टरनेटको गतिलाई निर्धारण गर्दछ । यदि तपाईको राउटर राखेको स्थान छनोट नै गलत छ भने इन्टरनेट चल्न नै मुस्किल हुन्छ । यसर्थ राउटरलाई भरसक अग्लो स्थान र अरू इलेक्ट्रोनिक आईटमहरुको नजिक नराख्नोस् ।

यदि एन्टेनासहितको राउटर छ भने, यसको एन्टेनालाई माथि पर्ने गरि राख्नुहोस् ताकि यसले सिंग्नल राम्रोसँग समात्न सकोस् ।

अलग एन्टेना जोड्ने विकल्प

इन्टरनेटले काम गरेको छैन भने अलग्गै अर्को एन्टेना जोडेर पनि फास्ट बनाउन सकिन्छ ।

राउटरले आन्तरिक एन्टेनामा काम गर्दछ भने गति बढाउन तपाईंसँग बाहिरबाट पनि एन्टेना थप्ने विकल्प छ । बाह्य एन्टेना बजारबाट किन्न सकिन्छ।

वायरलेस बुस्टर

प्रत्येक राउटरको क्षमता निश्चित हुन्छ । जबकी राउटरले सिंग्नल निश्चित क्षेत्रभन्दा पर पुर्‍याउन सक्दैन भने यस्तो बेला तपाईले बुस्टरको प्रयोग गर्न सक्नुहुन्छ ।

त्यसका लागि तपाइले रेन्ज एक्सटेण्ड गर्ने बुस्टर पनि जडान गर्न सक्नुहुन्छ ।

राउटर रिबुट गर्नुहोस्

काम सुरू गर्नु अघि तपाईंको वाइफाइ राउटर रिबुट गर्नुहोस्। यो रिबुट हुने बित्तिकै यसले पूरानो मेमोरी खाली हुन्छ र सबै अपडेटहहरू इन्स्टल हुन्छन्।

यसबाहेक कसैसँग वाइफाइ पासवर्ड साझेदारी नगर्ने र बेलाबेलामा पासओर्ड परिवर्तन गर्नाले पनि इन्टरनेट फास्ट हुन सक्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : ५६ बजे

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी