लकडाउनका कारण अमेरिकामा फसे गायक हिमाल सागर « Khabarhub

लकडाउनका कारण अमेरिकामा फसे गायक हिमाल सागर


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेका गायक हिमाल सागर लकडाउनका कारण अमेरिकामा अलपत्र परेका छन् । २० दिनको बसाइसँगै कार्यक्रमका लागि अमेरिका पुगेका सागर लकडाउनका कारण अलपत्र परेका हुन् ।

नेपालमा मात्र नभएर अमेरिकाको भर्जिनियामा पनि लकडाउन गरिएको छ, जहाँ हिमाल सागर एक साथीसँग सहारा लिएर बसिरहेका छन् ।

उनले ७० दिनदेखि आफू अलपत्र परेको बताउँदै नेपाल फर्किने वातावरण मिलाइदिन नेपाल सरकारसँग आह्वान गरेका छन् ।

उनी २८ फेब्रुअरीमा अमेरिका पुगेका थिए । त्यतिबेला अमेरिका र नेपालमा स्थिति सामान्य थियो । नयाँ वर्षको अवसर पारेर अमेरिका गएका उनी उतै फसेको बताएका छन् ।

‘अमेरिकामा महामारीले उग्र रुप लिन्छ भन्ने कसैले सोचेको थिएन, त्यतिबेला नेपालमा पनि अवस्था सामान्य थियो,’ सागरले भने ।

कोरोनाका कारण अमेरिकामा उनले अमेरिकामा गर्ने भनेका १ दर्जन कार्यक्रम पनि स्थगित भएका छन् । उनले अमेरिकाको बसाई कष्टपूर्ण भएको समेत बताए ।

हिमाल भर्जिनियाको विनचेस्टरमा एक साथीसँग आश्रय लिएर बसिरहेका छन् । उनले छिटै नेपाल आउने पाउने आशा व्यक्त गरेका छन् । भर्जिनियामा बस्ने साथी महेश भट्टसँगै बसिरहेको उनले बताए ।

शुरुमा नेपालमा कोरोनाको संक्रमण नफैलिएकाले केही दिनमा लकडाउन खोलिने आशा राखे पनि लकडाउन बढ्दै गएपछि भने चिन्ता व्यक्त भएको हिमालले बताए । उनले भने, ‘लकडाउन थप कडा हुने भन्छन्, म त यहाँ अलपत्र नै परेँ ।’

अमेरिकामा कोरोना संक्रमणले उग्र रुप लिएको छ । अमेरिकामा फैलिएको कोरोना महामारीका कारण त्यहाँ भएका नेपाली पनि प्रभावित बनेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : १२ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ

मिन आङ ह्लाइङ राष्ट्रपति बन्ने मार्गमा

एजेन्सी– म्यान्माको सैनिक शासन थप मजबुत हुने संकेत देखिँदै गएको

आगलागीबाट साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं– कैलालीको गौरीगंगा नगरपालिका-८ मसुरिया बस्ने गंगाराम भण्डारीको घरमा मंगलबार बिहान आगलागी

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने

दक्षिण लेबनानमा चार इजरायली सैनिक मारिए

काठमाडौं – दक्षिण लेबनानमा भएको संघर्षमा इजरायलका चार सैनिक मारिएका