मूलपानी क्रिकेट मैदान निर्माणमा सधैँ ढिलासुस्ती « Khabarhub

मूलपानी क्रिकेट मैदान निर्माणमा सधैँ ढिलासुस्ती

आर्थिक वर्ष सकिनै लाग्दा टेन्डर प्रक्रिया सुरु


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मूलपानी क्रिकेट मैदानको काम सम्पन्न हुन अझै कम्तीमा तीन वर्ष लाग्ने देखिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जिम्मा पाएको नेपालको एक मात्रै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको निर्माण सुुरु भएको ७ वर्ष भइसक्दा पनि काम पूरा भएको छैन ।

हालसम्म मैदान, पिच, एकतिरको प्यारापिट र मैदान घेरबारको काम सकिएको छ । बाँकी काम पूरा हुन अझै तीन वर्ष लाग्ने बताइएको छ । नेपालमा क्रिकेट खेल लोकप्रिय बन्दै गए पनि अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला एउटा पनि छैन ।

२०७१ सालमा सुरु भएको मूलपानी मैदानको काम अझै नसकिनु दुःखद् भएको खेलाडीहरू बताउँछन् ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको दुई वर्ष भएको छ तर ६ वर्षमा मूलपानी मैदानको काम नसकिनु दुखद् भएको खेलाडीहरू बताउँछन् ।

गत वर्षको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका केही खेल मूलपानीमा गराइएको थियो । पीच खेल्न योग्य नभएपछि म्याट ओछ्याउनु परेको थियो ।

एकदिवसीय मान्यता प्राप्त राष्ट्रका खेलाडीहरूलाई म्याटमा खेलाइएको भन्दै आलोचना भएको थियो । त्यसपछि त्यहाँ कुनै पनि ठूलो प्रतियोगिता भएको छैन ।

सरकारले वर्षेनी मूलपानी मैदानका लागि बजेट विनियोजन गर्दै आएको छ । कार्यान्वयन र अनुगमनमा सरकारी निकाय बेपर्वाह बन्दा मैदान निर्माणमा प्रगति हुन नसकेको जानकारहरू बताउँछन् ।

चालु आर्थिक वर्षमा संघीय सरकारले १० करोड रुपैयाँ विनियोजन गरी दुई वर्षभित्रै सबै काम सम्पन्न गर्ने भनेको थियो । त्यसमध्ये ५ करोडको काम भइरहे पनि बाँकी ५ करोडको ठेक्का प्रक्रिया भर्खर सुरु भएको छ ।

आर्थिक वर्ष सकिन दुई महिनामात्र बाँकी रहँदा भर्खर राखेपले टेन्डर आह्वान गरेको छ । कोरोना भाइरसका कारण देश लकडाउनमा रहँदा मूलपानी क्रिकेट मैदानको टेन्डर आह्वान २० दिनभन्दा बढी भएको राखेप इन्जिनियर अरुण उपाध्यायले बताए ।

ठेक्का प्रक्रिया टुङ्गिन अझै डेढ महिनासम्म लाग्ने इन्जिनियर उनको भनाइ छ । ‘टेन्डर आह्वान गरेका छौँ । अब त्यो टुङ्गिन एक–डेढ महिना लाग्छ,’ उपाध्यायले भने ‘काम ढिला भयो । हामीले अनुमति पाएकै लकडाउनको केही दिनअघि कात्रै हो ।’

राखेप र युवा तथा खेलकुद मन्त्रालयबीच कामको तालमेल नमिल्दा पनि समस्या हुने गरेको छ । यी दुई संस्थाको ढिलासुस्तीले नै मूलपानी क्रिकेट रंगशालाको काम सुस्त छ ।

मन्त्रालय स्रोत भने राखेप लकडाउनलाई कारण देखाएर पन्छिन खोजेको आरोप लगाउँछ । ‘टेन्डर निकाल्ने भनेको २ महिनाभन्दा बढी भइसक्यो । उहाँहरू लकडाउनलाई कारण देखाएर बस्नुभएको छ,’ मन्त्रालयका एक अधिकारीले खबरहबसँग भने, ‘उचित विकल्प निकाल्न सक्नुपथ्र्यो, लकडाउनको बाहनाबाजी गरेर विलम्ब गर्नु गैरजिम्मेवारी हो ।’

सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षको काम अहिलेसम्म आधा सकिनु पथ्र्यो तर आधा बजेटको काम भर्खर टेन्डरमा गएको छ । यस्तो परिस्थितिमा रङ्गशाला निर्माणको काम सकिन कठिन हुने राखेप इन्जिनियर उपाध्याय बताउँछन् । उनका अनुसार मैदानको काम सकिन अझै तीन वर्ष लाग्छ ।

मूलपानी मैदानको काम लामो समय अल्झिनुको एक कारण मैदानको मध्यभागको ५२ आना जग्गा व्यक्तिको हुनु पनि हो । सरकारले २०७५ भदौमा जग्गा धनीलाई सट्टा दिएर समाधान गरिसकेको छ । बीचमा रहेका दुई घर स्थानान्तरण गर्न नसक्दा समस्या भएको स्थानीयबासी आरके विष्ट बताउँछन् ।

‘सरकारले उनीहरूलाई जग्गा त दियो तर जुन ठाउँमा सर्नुपर्ने हो त्यो ठाउँमा स्थानीय राजनीतिक दलको संरक्षणमा सुकुम्वासीहरू रहेकाले समस्या भएको छ,’ विष्टले भने, ‘यसपालि जसरी भए पनि सार्ने कुरा छ । नयाँ टेन्डर भयो भने काम अगाडि बढ्ला ।’

चालु आर्थिक वर्षको बजेटमध्येबाट ५ करोड रुपैयाँको पर्खाल बन्दैछ । ‘मैदान वरिपरि पर्खाल बनाउने काम भइरहेको थियो तर लकडाउनले गर्दा अस्तव्यस्त छ । काम गर्न सहज भए छिट्टै सकिन्छ,’ उपाध्यायले भने ।

चालु आर्थिक वर्षमा राखेपले क्रिकेट मैदानका लागि २४ करोड रुपैयाँ हाराहारीको टेन्डर आह्वान गरेको छ । त्यसबाट मैदानको पश्चिमपट्टीको ५२ आना जग्गासहितको क्षेत्रमा नयाँ प्यारापिट र ट्रेसिङ रुम बन्ने इन्जिनियर उपाध्याय बताउँछन् । मैदान फिनिसिङका लागि अर्को टेन्डर कुर्नुपर्ने उनको भनाइ छ ।

देश लकडाउनमा रहेकोले ठेक्का टुङ्गो लागे पनि काम सुरु हुनेछैन । उपाध्यायका अनुसार कोरोना भाइरसको अवस्था सामान्य भएर मजदुर आउन सके भने आर्थिक वर्षभित्र काम सुरु हुन्छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ३ : ०७ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा